
लन्डन । क्षेत्री समाज बेलायतको नयाँ नेतृत्व चयनका लागि आगामी अप्रिल ५ तारिखमा साधारणसभा हुने भएको छ । गत १६ डिसेम्बर २०२४ मा बसेको बैठकले अल्डरसटमा ५ अप्रिलमा ९ औं साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभाले २०२५–२७ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ । कार्यसमिति चयन गर्न समाजले विधानअनुरुप तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरिसकेको छ । सदस्यहरुमा समाजका सल्लाहकार डा. राम अधिकारी, समाजका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार रि. क्याप्टेन धन कुँवर र समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री छन् ।
साधारणसभामा वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा समाजको तर्फबाट भए गरेका आर्थिक एवं सांगठनिक प्रतिवेदनबारे छलफलपछि अनुमोदन गराइने योजना छ । बैठकले साधारणसभामा समाजका सबै सदस्यहरुलाई सहभागी भइ कार्यसमितिले गरेका कामको अनुमोदन, सल्लाह–सुझाव साथै नयाँ कार्यसमिति निर्माण गर्ने कार्यमा सभागी हुन आह्वानसमेत गरेको छ ।
बैठकले पन्जीकृत रहेका आवधिक सदस्यहरुलाई आफ्नो सदस्यता अद्यावधिक गराउन र समाजको सदस्य बन्न चाहनेलाई सदस्यता लिन पनि आह्वान गरको छ ।
सदस्यता अध्यावधिक गर्न र नयाँ सदस्य बन्न चाहनेहरुले क्षेत्री समाज बेलायतका महासचिवको इमेल- [email protected] अथवा उपाध्यक्षको इमेल [email protected] मा सम्पर्क राखी सन् २०२५ मार्च २० तारिख भित्र आफ्नो सदस्यता कायम गरिसक्नुपर्ने क्षेत्री समाज बेलायतले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा