
लन्डन । सोंपाल समाज युकेको ल्होछार कार्यक्रम लण्डनको ग्रिनफोर्डस्थित टाउनहलमा भव्य समारोहबीच सम्पन्न भएको छ ।
शनिबार ४ जनवरी २०२५ मा अध्यक्ष जगदीश गुरुङको अध्यक्षता र शान्ताकुमारी गुरुङको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमसहित ल्होछार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तमु धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, उहाँको धर्मपत्नी आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र निवर्तमान अध्यक्ष हरि गुरुङ, वहाँको धर्मपत्नी आमा समूह निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ र नेपालबाट आउनुभएका धर्मगुरु धिरबहादुर गुरुङ विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो । समाजका अनुसार ल्होछार कार्यक्रमको अवसरमा ज्वाइँ, चेलीबेटी तथा भान्जाभान्जीहरुलाई सदाको जस्तै निमन्त्रणा गरिएको थियो भने कार्यक्रमको दौरान जति पनि संस्थाभित्र शिक्षा, प्रमोसन, नयाँ वैवाहिक जोडी, न्यु कमर्स, नयाँ व्यापार/व्यवसायजस्ता विभिन्न क्षेत्रमा सफल हासिल गर्नुहुने व्यक्तिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रम औपचारिक र मनोरञ्जनात्मक गरी दुई चरणमा विभाजन गरिएको थियो । औंपचारिक कार्यक्रम संस्थाका महासचिव क्या• मोहन गुरुङले सन्चालन गर्नुभएको थियो भने मनोरञ्जनात्मक कार्यक्रम सांस्कृतिक सचिव सिर्जना गुरुङ र निलम गुरुङले सन्चालन गर्नु भएको थियो ।
मनोरञ्जनात्मक कार्यक्रममा नेपालबाट आउनुभएका राष्ट्रिय कलाकारहरु राजबहादुर गुरुङ, स्थानीय कलाकार निता गुरुङले भरपुर मनोरञ्जन दिलाउनुभएको थियो । भव्य रुपमा सम्पन्न भएको ल्होछार कार्यक्रमको संयोजकत्व उपाध्यक्ष भरत गुरुङले गर्नुभएको थियो ।

अन्त्यमा अध्यक्ष जगदीश गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने र उपस्थित सबैलाई धन्यवाद दिनुहुँदै नयाँ वर्षको शुभकामनासहित कार्यक्रम समापन गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा