
लन्डन । बेलायतबाट सञ्चालित अनलाइन ‘नेपाल ब्रिटेन डटकम’लाई असन्तुलित र एकपक्षीय सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले पुन: निर्देशन दिएको छ ।
काउन्सिलको यसअघिको निर्देशन अवज्ञा गरेको भन्दै नेपाल पत्रकार महासंघ यूकेको प्रतिक्रियापछि नेपाल ब्रिटेनलाई फेरि सचेत गराइएको हो । ‘२०८१ कार्तिक २ गते खण्डन प्रकाशनपछि पनि ‘नेपाल पत्रकार महासङ्घ र त्यसका कार्यक्रमहरूप्रति भ्रम सिर्जना गरेको’ भनी प्रतिक्रिया पेस भएको सम्बन्धमा २०८१ मङ्सिर २७ गतेको बैठकबाट ‘आगामी दिनमा तथ्यगत पुष्ट्याईबेगर सन्तुलनरहित, एकपक्षीय सामग्री सम्प्रेषण नगर्न/नगराउन सचेत गराउने’ निर्णय भएकोले निर्णयानुसार सचेत गराइन्छ,’ पत्रमा उल्लेख छ ।
काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले लेखेको सचेत पत्रमा नेपाल पत्रकार महासंघ यूके शाखालाई समेत बोधार्थ पठाइएको छ । पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरेपछि काउन्सिलले ‘नेपाल ब्रिटेन डटकम’लाई आचारसंहिता पालना गर्न र सम्प्रेषित समाचारको खण्डन सम्प्रेषण गरी जानकारी गराउन २०८१ असोज ९ मा पहिलोपटक निर्देशन दिएको थियो ।
आफू र पत्रकार महासंघ यूकेका विषयमा भ्रामक र कपोलकल्पित समाचार सामग्री सम्प्रेषण गर्ने कार्य नगरोकिएको भन्दै अध्यक्ष विमला सेनेले काउन्सिलमा कात्तिक २ मा पुनः उजुरी दिनुभएको थियो । नेपाल ब्रिटेन डटकम नेपालमा दर्ता गरेर देवराज आचार्य ‘चिरन शर्मा’ ले सञ्चालन गर्दै आउनुभएको छ ।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि