
लन्डन । बेलायतबाट सञ्चालित अनलाइन ‘नेपाल ब्रिटेन डटकम’लाई असन्तुलित र एकपक्षीय सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले पुन: निर्देशन दिएको छ ।
काउन्सिलको यसअघिको निर्देशन अवज्ञा गरेको भन्दै नेपाल पत्रकार महासंघ यूकेको प्रतिक्रियापछि नेपाल ब्रिटेनलाई फेरि सचेत गराइएको हो । ‘२०८१ कार्तिक २ गते खण्डन प्रकाशनपछि पनि ‘नेपाल पत्रकार महासङ्घ र त्यसका कार्यक्रमहरूप्रति भ्रम सिर्जना गरेको’ भनी प्रतिक्रिया पेस भएको सम्बन्धमा २०८१ मङ्सिर २७ गतेको बैठकबाट ‘आगामी दिनमा तथ्यगत पुष्ट्याईबेगर सन्तुलनरहित, एकपक्षीय सामग्री सम्प्रेषण नगर्न/नगराउन सचेत गराउने’ निर्णय भएकोले निर्णयानुसार सचेत गराइन्छ,’ पत्रमा उल्लेख छ ।
काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले लेखेको सचेत पत्रमा नेपाल पत्रकार महासंघ यूके शाखालाई समेत बोधार्थ पठाइएको छ । पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरेपछि काउन्सिलले ‘नेपाल ब्रिटेन डटकम’लाई आचारसंहिता पालना गर्न र सम्प्रेषित समाचारको खण्डन सम्प्रेषण गरी जानकारी गराउन २०८१ असोज ९ मा पहिलोपटक निर्देशन दिएको थियो ।
आफू र पत्रकार महासंघ यूकेका विषयमा भ्रामक र कपोलकल्पित समाचार सामग्री सम्प्रेषण गर्ने कार्य नगरोकिएको भन्दै अध्यक्ष विमला सेनेले काउन्सिलमा कात्तिक २ मा पुनः उजुरी दिनुभएको थियो । नेपाल ब्रिटेन डटकम नेपालमा दर्ता गरेर देवराज आचार्य ‘चिरन शर्मा’ ले सञ्चालन गर्दै आउनुभएको छ ।

नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक