
लन्डन । नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुको विवरण अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिमा नेपाली डायस्पोराको अधिकतम परिचालनका लागि संघसंस्थाको विवरण अद्यावधिकका लागि सूचनामार्फत आह्वान गरेको हो । दूतावासले ७ जनवरीभित्र विवरण अद्यावधिक-उपलब्ध गराउन आग्रह गरेको छ ।
दूतावासले बिहीबार निकालेको सूचनामा लेखिएको छ, ‘संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली संघ-संस्था/संगठनहरुको विवरण आवश्यक भएकाले देहायको लिंकमा गई ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक-उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।’
दूतावास नेपाली संघसंस्थासँग सहकार्य गर्न लालयित रहेको जनाउँदै समुदायबाट रचनात्मक सुझाव, सल्लाह केही भए सहर्ष स्वीकार्नेसमेत सूचनामार्फत प्रस्ट पारिएको छ ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा