
लन्डन । नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुको विवरण अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिमा नेपाली डायस्पोराको अधिकतम परिचालनका लागि संघसंस्थाको विवरण अद्यावधिकका लागि सूचनामार्फत आह्वान गरेको हो । दूतावासले ७ जनवरीभित्र विवरण अद्यावधिक-उपलब्ध गराउन आग्रह गरेको छ ।
दूतावासले बिहीबार निकालेको सूचनामा लेखिएको छ, ‘संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली संघ-संस्था/संगठनहरुको विवरण आवश्यक भएकाले देहायको लिंकमा गई ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक-उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।’
दूतावास नेपाली संघसंस्थासँग सहकार्य गर्न लालयित रहेको जनाउँदै समुदायबाट रचनात्मक सुझाव, सल्लाह केही भए सहर्ष स्वीकार्नेसमेत सूचनामार्फत प्रस्ट पारिएको छ ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा