
रेडिङ । सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस युके) ले नयाँ वर्ष २०२५ देखि “नेपाल डायलग युके” नामक नयाँ मासिक अनलाइन वेभिनार श्रृंखला सुरु गर्ने भएको छ।
नेपाल, नेपाली संस्कृति, र प्रवासी समुदायबारे सहकार्य गर्दै ज्ञान आदानप्रदान गर्ने लक्ष्यका साथ यो वेभिनार शुरु गरिएको सिएनएस युकेले जनाएको छ ।
यो कार्यक्रमको पहिलो श्रृंखला शनिबार ४ जनवरी, २०२५ का दिनदेखि औपचारिक रूपमा सुरु हुनेछ । त्यसपछि हरेक महिनाको पहिलो शनिबार बिहान बेलायती समयअनुसार १० बजेदेखि ११:१५ बजेसम्म (नेपाली समय दिउँसो ३:४५ बजेदेखि ५ बजेसम्म) सो वेभिनार सन्चालन हुने छ ।
पहिलो सत्रमा नेपालबारे दशकौँदेखि अनुसन्धान गर्दै आएका अक्सफोर्ड विश्वविद्यालयका पूर्व प्राध्यापक डेभिड गेल्नरले “नेपाल र प्रवासमा मन्दिर र पहिचान” विषयमा प्रस्तुति दिनेछन् ।
“यो सत्रले नेपाल (जन्मभूमि) र नयाँ आप्रवासन गन्तव्यहरू, विशेष गरी बेलायतमा हुने दैनन्दिन धार्मिक अभ्यासहरूबारे गहिरो अनुसन्धानमा आधारित जानकारी प्रदान गर्नेछ,” नेपाल डायलग युकेका संयोजक डा. कृष्ण अधिकारीले जानकारी दिँदै भने । “हामी आशा गर्छौं कि यसले विचारोत्तेजक छलफलहरूलाई प्रेरित गर्नेछ साथै नेपाल र नेपाली प्रवासी समुदायलाई जोड्दै सांस्कृतिक अभ्यासहरूको समझदारी र साझा शिक्षालाई प्रवर्द्धन गर्नेछ।”
सिएनएस युकेका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले वेभिनार श्रृंखला अर्थपूर्ण संवादका लागि एक जीवन्त मञ्च सिर्जना गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताए । ढकालले भने, “अनुसन्धाताहरू, शिक्षाविद्, पेशाकर्मीहरू र सर्वसाधारणलाई एकत्रित गरी नेपाल र प्रवासी नेपाली समुदायका लागि महत्त्वपूर्ण विषयवस्तुहरूमा छलफल गर्ने आशा हामीले गरेका र्छौं ।”
यो वेबिनार श्रृंखलामा नेपाल र प्रवासी नेपाली समुदायसित सम्बन्धित विभिन्न प्राज्ञिक अनुसन्धानात्मक छलफलका साथै विभिन्न दैनन्दिन सरोकार विषयहरू समेटिनेछन् । सिएनएस युकेले यस वेभिनारमा अन्य संस्थाहरूसित पनि सहकार्य साझा चासोका विषयमा छलफल गराउने योजना पनि बनाएको छ।
जूमबाट हुने यस वेभिनारमा निशुल्करूपमा सहभागी हुन सकिने छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा