
लन्डन । गुरुङ सोसाइटी केन्ट युकेले फोकस्टोनस्थित हकिङज कम्युनिटी सेन्टरमा धुमधामका साथ ल्होसार मनाएको छ ।
समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङको अध्यक्षता र ज्येष्ठ नागरिक रौबिर गुरुङको प्रमुख आतिथ्यतामा ल्होसार कार्यक्रम सम्पन्न भएको हो । विशेष अतिथिहरुमा सेकेण्ड बटालियन द रोयल गोर्खा राइफल्सका गोर्खा मेजर दिल्लीकुमार राई एमभीओ र उहाँकी धर्मपत्नी, रेजिमेन्टल सार्जेन्ट मेजर डब्ल्यूओवान प्रविन राई, सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड केन्टका अध्यक्ष डम्बर लिम्बू र उहाँकी धर्मपत्नी साथै अश्मी ज्वेलरिजका भरत श्रेष्ठ र जया राई सहभागी हुनुभएको थियो ।

कार्यक्रमको आरम्भमा आठौं कार्यसमिति र सल्लाहकारहरुद्वारा गुरुङ संस्कृतिअनुसार गाउँघरतिरकै तरिकाले रोटी र तीन पाने रक्सीले पाहुनाहरुलाई सम्मान गरिएको थियो । यसवर्ष गरुड वर्ग (मुप्ह्री) ल्होलाई बिदाइ गर्दै सर्प वर्ग (सप्ह्री) ल्होलाई स्वागत गरिएको हो ।
औपचारिक कार्यक्रम
कार्यक्रमको औपचारिक भाग समाजकी द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संचालिका ममता गुरुङले सञ्चालन गर्नुभएको थियो । हेल्थ एन्ड सेफ्टीसम्बन्धी जानकारी दिँदै औपचारिक कार्यक्रम सुरु गर्दै प्रथम उपाध्यक्ष गोलमान गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । यसवर्ष जीसीएसई र उच्च शिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरियो । साथै, समाजप्रति उल्लेखनीय योगदान दिएबापत तेजबहादुर गुरुङलाई ‘उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२४’ प्रदान गरिएको थियो ।

कार्यक्रममा मौलिक भेषभूषाको प्रवर्द्धनका लागि ‘वेष्ट मेल गुरुङ ड्रेस’ र ‘वेष्ट फिमेल गुरुङ ड्रेस’ प्रतियोगिता पनि आयोजना गरियो। पुरुषतर्फ गणेश गुरुङ र महिलातर्फ एन्जेल गुरुङ विजेता घोषित हुनुभयो । पुरस्कार मेजरनी सुधा गुरुङले प्रदान गर्नुभएको थियो भने निर्णायकको भूमिका गोलमान गुरुङले निर्वाह गर्नुभएको थियो । नयाँ आजीवन सदस्यहरुलाई खादा लगाई स्वागत गर्ने परम्परा पनि यस वर्ष कायम रह्यो ।
सांस्कृतिक कार्यक्रम
कार्यक्रमको दोस्रो चरणमा ममता गुरुङ र उमादेवी गुरुङको नेतृत्वमा सांस्कृतिक प्रस्तुति सुरु भयो । स्थानीय कलाकारहरुले गुरुङ संस्कृति झल्किने उत्कृष्ट नृत्य प्रदर्शन गरे। प्रस्तुति दिने कलाकारहरुमध्ये कविता गुरुङ, सरन गुरुङ, रोजिना गुरुङ, सुनिधि गुरुङ, चीना गुरुङ, स्वस्तिका गुरुङ, अनुशा गुरुङ, सोफिया गुरुङ, निलु गुरुङ, निग्चेन गुरुङ, संस्कृति गुरुङ, मेलिसा गुरुङ, गोमा गुरुङ, दिलमाया गुरुङ, शिला गुरुङ, सुबा गुरुङ, आशा गुरुङ, गीता गुरुङ, रोशन गुरुङ, सोनाम गुरुङ, र गायक किरण गुरुङ विशेष आकर्षण रहनुभयो ।

सांस्कृतिक प्रस्तुतिहरुले उपस्थित दर्शकहरुलाई झुम्न बाध्य बनायो । कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने सबैलाई क्याप्टेन डोलबहादुर गुरुङले खादा लगाई मायाको चिनो प्रदान गर्नुभयो ।
व्यवस्थापन र समापन
कार्यक्रमलाई सहज बनाउन कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको थियो। टिकट व्यवस्थापनमा क्याप्टेन भीष्मराज गुरुङ र सुनिता गुरुङ, खाना व्यवस्थापनमा शेर गुरुङ र लेमन लिफ रेस्टुरेन्ट, राफल ड्रमा तारादेवी गुरुङ र देवीमाया गुरुङ, साउन्ड सिस्टममा बीसी राई, डेकोरेशनमा सिसी गुरुङ, फोटोग्राफीमा तेजबहादुर र होम गुरुङ र भिडियोग्राफीमा सुलभ गुरुङ र गोलमान गुरुङले विशेष भूमिका खेल्नुभयो ।
कार्यक्रमको अन्त्यतिर लेडिज कोअर्डिनेटर तारादेवी गुरुङले राफल ड्र संचालन गर्नुभयो, जसमा विभिन्न व्यक्तित्वहरुले आकर्षक पुरस्कार प्रायोजन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सबै सहभागीहरुले सामूहिक नृत्यमा रमाईलो गर्दै ल्होसारको उल्लास मनाए । गुरुङ सोसाइटी केन्ट यूकेले यस वर्षको ल्होसारलाई भव्य र स्मरणीय बनाएको छ ।






नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा