
लन्डन । नेपाल पत्रकार महासंघ बेलायतको तेस्रो पूर्ण बैठक कोष अभिवृद्धिका लागि च्यारिटी डिनर गर्ने, प्रत्येक वर्ष जुलाई १० लाई शाखाको स्थापना दिवसका रुपमा मनाउनेलगायत निर्णय गरी सम्पन्न भएको छ ।
शनिबार २८ डिसेम्बरमाा लन्डन साउथ ह्यारोमा शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमितिको जिम्मेवारीयता भएका गतिविधिको समीक्षा गर्दै संस्थाको भावी कार्यक्रम तय गरेको हो । साथै, बैठकले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनबाट निर्वाचित निर्मला शर्मा नेतृत्वको कार्यसमितिलाई औपचारिकरुपमा बधाई तथा शुभकामना दिने प्रस्ताव पारित गरेको छ ।

बैठकले हाल शाखाले समसामयिक विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँगको गर्दै आएको मासिक संवाद श्रृंखलालाई निरन्तरता दिने, कोष अभिवृद्धिका लागि च्यारिटी डिनर गर्ने, प्रत्येक वर्ष जुलाई १० लाई शाखाको स्थापना दिवसका रुपमा मनाउने, स्थानीय समुदायसंग सहकार्य गरि उनीहरुका सुझाव सल्लाह लिन अन्तरसंवाद र नेपाल पत्रकार महासंघ नेपाल केन्द्रको वैदेशिक शाखाहरुप्रतिको दृष्टिकोणबारे एक अन्तरक्रिया गर्ने निर्णय गरेको छ । यस कार्यक्रममा सबै वैदेशिक शाखाको प्रतिनिधित्व गराइने भएको छ ।
यस अतिरिक्त शाखाले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारको नियमावली परिमार्जन गर्न शाखा सल्लाहकारहरु नवीन पोखरेल, नरेश खपांगीमगर र ध्रुवराज अर्याल रहने गरी एक समिति गठन गरेको एफएनजे यूकेले जनाएको छ । बैठकका अवसरमा शाखाका पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरुको अन्तर्राष्ट्रिय प्रेस कार्ड (आइएफजे कार्ड) समेत वितरण गरियो ।
अध्यक्ष विमला सेनेले शाखाका केही सदस्यहरुमा देखिएका सामान्य असन्तुष्टिप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दै ती असन्तुष्टिलाई सम्बोधन गर्दै समाधान गर्न अगाडि बढ्ने बताउनुभयो । सो अवसरमा क्रिसमस र अंग्रेजी नयाँ वर्ष लगायत पर्वहरुको शुभकामना आदानप्रदानसमेत भएको थियो ।
बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं केन्द्रीय समितिका पदाधिकारी र सल्लाहकारहरुको उपस्थिति थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा