
लण्डन । गिद्ध वर्गलाई बिदाई र सर्प वर्गलाई हार्दिक स्वागत गर्दै साउथ इष्ट रिजनल तमुधिँ लण्डनले ल्होसार मनाएको छ ।
संस्थाका अध्यक्ष प्रेमकुमार गुरुङको अध्यक्षता र सचिव कमल गुरुङको सन्चालनमा आइतबार प्लमस्टिडस्थित एसिएन कम्युनिटी सेन्टरमा भएको सो समारोहको प्रमुख अतिथि ग्रीनीच काउन्सिलका मेयर जीत रानाभाट रहेका थिए ।
प्रमुख अतिथि मेयर रानाभाट, विशेष अतिथि तमुधिँ युकेका अध्यक्ष जुमकाजी गुरुङ, डायमण्ड बुद्धिष्ट कम्युनिटी सेन्टरका खेन्पो रनबहादुर गुरुङ, साउथ इष्ट रिजनल तमुधिँका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ र वर्तमान अध्यक्ष प्रेमकुमार गुरुङले संयुक्तरूपमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा स्वास्थ्य र सुरक्षाका बारेमा इभेन्ट संयोजक पूर्व अध्यक्ष ह्यारी गुरुङले जानकारी गराउनुभएको थियो भने उपाध्यक्ष शिवराम गुरुङ बीइएमले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा आमा समूहका तर्फबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
तमुधिँ साउथ इष्ट रिजनल लण्डनको मुखपत्र ‘आशिमाला’को पनि सो अवसरमा विमोचन गरिएको थियो भने विभिन्न महानुभावहरूलाई सम्मान पनि गरिएको थियो । यसरी सम्मानित हुनुहुनेहरूमा बेलायती सेनाको मेजर पदमा कमिसन पाउनुहुने डा सुदर्शन गुरुङ, हालै मात्र तमुधिँ युकेको अध्यक्ष निर्वाचित हुनुभएका जुमकाजी गुरुङ, तमु समाज युकेका अध्यक्ष विन्दू गुरुङ, नेपालबाट आउनुभएका तमधिँ नेपालका अध्यक्ष हुम गुरुङ र तमु पत्रकार संघका अध्यक्ष लाला गुरुङ रहेका थिए । कार्यक्रममा सुशील गुरुङ, टीकसुवा गुरुङ र बबिता गुरुङलाई कम्युनिटी अवार्ड दिइएको थियो ।

यस्तै कार्यक्रममा उत्कृष्ट साँस्कृतिक पोशाक लगाउने एक महिला र एक पुरुषलाई पनि पुरस्कृत गरिएको थियो । सो छनौटको संयोजन पूर्व अध्यक्ष हरिगोविन्द गुरुङले गरेका थिए ।
कार्यक्रममा मेयर रानाभाट, तमुधिँका केन्द्रीय अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, तमु समाज युकेकी अध्यक्ष विन्दू घले, आमा समूह साउथ इष्ट रिजनल तमुधिँका अध्यक्ष विन्दू गुरुङ, सम्मानित व्यक्तित्व डा सुदर्शन गुरुङ, आशिमाला प्रकाशन समितिका तर्फबाट माया गुरुङले सम्बोधन गरेका थिए ।
कार्यक्रमको उत्तरार्धमा नेपालबाट आएका तथा बेलायतका स्थानीय कलाकारहरूले मनोरन्जनात्मक कार्यक्रम पस्केका थिए । साँस्कृतिक कार्यक्रमको संयोजन सल्लाहकार सूर्य गुरुङले गरेका थिए । कार्यक्रममा साउथ इष्ट लण्डनमा क्रियाशील विभिन्न समुदायका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा