लन्डन । नेपाली राजदूतावास लन्डनले इ-भिजा परिवर्तनमा ढिलाई नगर्न बेलायतका नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले हालै सूचना प्रकाशित गरी समयसीमाभित्रै इ-भिजा सुरक्षित गर्न आह्वान गरेको हो । दूतावासले यूके भिजाज् एण्ड इमिग्रेसन (यूकेभिआइ) अकाउन्ट क्रियट गरेर इ-भिजा कन्भर्ट गर्न सुझाव दिएको छ ।
१८ वर्ष मुनीका सन्तान र डिपेन्डेन्टका हकमा अभिभावकले अकाउन्ट खोल्न सघाउन सक्छन् । बेलायत सरकारले बायोमेट्रिक रेसिडेन्स कार्ड (बीआरसी) र बायोमेट्रिक रेसिडेन्स परमिट (बीआरपी) कार्ड प्रतिस्थापन गरी डिजिटल इ–भिजा लागू गर्न लागेको म्याद डिसेम्बर ३१ सम्ममात्र छ । डिसेम्बर ३१ पछिको भिजा हुनेहरुले पनि अनिवार्य इ–भिजा परिवर्तन गर्नुपर्ने नियम ल्याइएको छ ।

तर, गृह मन्त्रालयले यात्रा गर्न भने पुरानै बीआरपी कार्डबाट मार्च ३१ सम्म मिल्ने बताएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा