लन्डन । खचाखच सहभागीबीच तमु धीं यूकेले रजत महोत्सव तथा तमु ल्होछार मनाएको छ ।

शनिबार २८ डिसेम्बर २०२४ मा क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा अध्यक्ष हरि गुरुङको अध्यक्षता र नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडीको प्रमुख आतिथ्यतामा स्थापनाको २५औं वर्षगाँठ तथा ल्होछार मनाइएको हो । कार्यक्रममा यस वर्ष डा. हर्क गुरुङ अवार्ड जीसीएसी उत्कृष्ट अंक ल्याउने लमजुङ पुर्ख्यौली घर भई हाल बेलायतमा रहनुभएकी अम्बिका गुरुङलाई प्रमुख अतिथि दुवाडी र अध्यक्ष हरि गुरुङले खादा, प्रमाणपत्र र ५ सय पाउन्डको चेक हस्तान्तरण गर्नुभयो ।

यस्तै कार्यक्रममा संस्थाले हरेक ल्होछारमा प्रकाशन गर्ने ‘फ्रेंसी’ विमोचन, नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङलाई अध्यक्ष हरि गुरुङ यस्तै आमा समूहकी नवनिर्वाचित अध्यक्ष कमला गुरुङलाई अध्यक्ष सन्ध्या गुरुङद्वारा कार्यभार हस्तान्तरण गरिएको थियो । कार्यक्रममा रजत महोत्सवको गीत सार्वजनिक गरिएको थियो भने तमु धीं यूकेका संस्थापक कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरू र सल्लाहकारहरू, पूर्वअध्यक्षहरू, विभिन्न इकाइका वर्तमान तथा पूर्व अध्यक्षहरू, समुदायमा महत्त्वपूर्ण योगदान दिनेहरूलाई कम्युनिटी सर्भिस अवार्ड साथै प्रायोजकलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने तमु समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष प्रदान गरिने ‘तमु प्रतिभा पुरस्कार-२०२४’ घोषणा गरिएको छ । पहिलो वर्ष उक्त पुरस्कार राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ (धादिङ) र प्यारा ग्लाइडर युकेश गुरुङ (कास्की) लाई प्रदान गरिने महासचिव डा विशाल गुरुङले कार्यक्रममा जानकारी गराउनुभयो । पुरस्कारको राशफ जनही ५० हजार रुपैयाँ रहेको छ ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि दुवाडीले तमु धीं यूकेले समुदाय र नेपाली समाजमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । त्यस्तै, विशेष अतिथि तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले तमुहरूको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । गैरआवासीय नेपाली संघ उपाध्यक्ष हेमराज शर्माले राज्यले गर्नु पर्ने काम तमु धीं यूकेले गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा तमुधीं जापानका उपाध्यक्ष अर्मन गुरुङ, तमुँ ट्होह्यूला हङकङका भूपू उपाध्यक्ष गणेश गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु प्हे ल्हु संघ यूकेका अध्यक्ष क्या. रि. डेमबहादुर योज तमु र तमु धीं यूकेका पूर्वउपाध्यक्ष एवं एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । ल्होछार कार्यक्रम संयोजक एवं उपाध्यक्ष कमल गुरुङले कार्यक्रमबारे प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रममा बेलायतका विभिन्न स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरू, धर्म गुरुहरू, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित बाक्लो संख्यामा उपस्थिति थियो ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरू राजबहादुर गुरुङ, आश्रम गुरुङ, सज्जा चौलागाईं र ब्यान्डसहित गायिका तृष्णा गुरुङले सांगीतिक प्रस्तुतिबाट मत्रमुग्ध पार्नुभएको थियो ।
औपचारिक कार्यक्रम महासचिव डा विशाल गुरुङले र सांगीतिक कार्यक्रम विभा गुरुङ, सूर्य गुरुङ, योगेश गुरुङ र हेलिसा गुरुङले सञ्चालन गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा