लन्डन । नेपाल रन युकेले आउँदो १५ फेब्रुअरीदेखि २१ सम्म नेपालमा म्याराथन च्यालेन्ज गर्ने भएको छ । पहिलो पटक ७ प्रदेशमा ७ दिनमा ७ जना धावकहरू (यूके-अमेरिका) सम्मिलित ७ वटा म्याराथन र सँगै हाफ म्याराथनको तयारी गरिएको हो ।

आउँदो १५ फेब्रुअरीमा गण्डकी प्रदेशमा पोखरा म्याराथन, १६ फेब्रुअरीमा लुम्बिनीको बुटवलमा, १७ फेब्रुअरीमा सुदूरपश्चिमको धनगढीमा, १८ फेब्रुअरीमा कर्णालीको सुर्खेतमा, १९ फेब्रुअरीमा वाग्मतीको हेटौँडामा, २० फेब्रुअरीमा मधेस प्रदेशको जनकपुर र २१ फेब्रुअरीमा कोशीको धरानमा एकसाथ पूरा र हाफ म्याराथन गर्ने तयारी भएकोने पाल रन युकेका संस्थापक अध्यक्ष सन्तोष राईले जानकारी दिनुभएको छ । उहाँका अनुसार म्याराथनमा दौडन सात जना अन्तर्राष्ट्रियबाहेक १०/१० जना स्थानीय धावकहरू पनि संलग्न गराइने छ । यस अतिरिक्त २२ फेब्रुअरीमा ‘धरान टेन के रन’ समेत गर्न लागिएको छ ।
ती दौडमा राजन खत्री नेतृत्वको एथलेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गरेको छ । प्रत्येक प्रदेशमा स्थानीय संघसंस्थाले समेत सहयोग गर्नुभएको छ । अध्यक्ष राईले यो च्यारिटी इभेन्ट भएको जनाउँदै प्राप्त हुने सबै नाफा जुम्लामा निर्माणाधीन हाइ अल्टिच्युड ट्रेनिङ क्याम्पका लागि दिइने बताउनुभयो । उक्त क्याम्प बनाउन स्थानीय हरि रोकायाले जग्गा उपलब्ध गराइसक्नुभएको छ ।
बेलायतको नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित नेपाल रन यूकेले लन्डनमा बर्सेनि नर्थल्ट टेन के रन गर्दै आएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार