
लन्डन । बेलायतवासी लिम्बू भाषाको प्रवर्द्धक लिला सेलिङ माबो पुरस्कृत हुनुभएको छ ।
मानव अधिकार तथा शान्ति समाजले शुक्रबार २७ डिसेम्बरमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी स्रष्टा सम्मान अभियानअन्तर्गत वर्ष २०८१ को ‘चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान’ लिलालाई प्रदान गरिएको हो । लिला हाल बेलायतमा रहनुभएकोले उहाँका बुबाआमाले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।
लिला हाङ्मा सेलिङ्ग माबोः २०२८ वैशाख १२ गते पूर्वी लिम्वुवान याङरक ओयाम गाँउ पाँचथरमा जन्मनुभएकी सेलिङ माबोले बेलायतको युनिर्भसिट अफ सरेबाट एमएस्सी गर्नुभएको छ । लिम्बु भाषाको प्रवर्द्धनमा योगदान गर्नुभएकी स्रष्टा माबोको याक्थुंग लिम्बु भाषामा सेमाङ्गलक् नामक कविता संग्रह प्रकाशित छ ।
सामाजिक न्याय, पहिचान र मुन्धुममा कलम चलाउने माबोले लिम्बु भाषामा गीत समेत लेख्नुभएको छ र उहाँको रचना आठ कक्षामा लिम्बु भाषा पाठ्यक्रममा समावेश छ । उहाँका लाहुरेनी पिडा नामक नेपालीमा कविता संग्रह र मेमोवाएर अफ अ गोर्खा वाइफ ड्युरीङ लकडाउन नामक पुस्तक अंग्रेजीमा समेत प्रकाशित छ ।
यसैगरी लिलासहित प्रा डा मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, प्रा डा ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, प्रा डा चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौँलागाई मानव अधिकार स्रष्टा सम्मान, विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार पाउनुभएको छ ।
यसैगरी प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, स्रष्टा पूजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, विजेता कर्ण (चौधरी) लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रवादी नेता एवं स्रष्टा नरहरि आचार्यले यस्ता पुरस्कारले सृजनामा लाग्नेलाई प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा गोकर्णश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, कवि अर्जुन पराजुली, उच्च अदालतका पूर्व कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटी, शान्ति समाजका पूर्व सभापतिहरू गोविन्द खनाल, उत्तम पुडासैनी, होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, लगायतले पुरस्कृत स्रष्टालाई २० हजार रुपैयाँ राशिसहितको पुरस्कार प्रदान गर्नुभएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा