लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आयोजना गर्न लागेको तमु ल्होछार पर्वका लागि पोखराका वरिष्ठ बौद्ध धर्म गुरु गुप्ती गुरुङ बेलायत आइपुग्नुभएको छ ।

मंगलबार २४ डिसेम्बर राति लण्डन आइपुग्नु भएका लामा गुरु गुप्तीलाई स्वागत गर्न बीसीसी युकेका उपाध्यक्ष एवं तमु ल्होछार संयोजक क्याप्टेन देब घले, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, सल्लाहकार कमल गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, आमा समूहकी सदस्य प्रेमा गुरुङलगायत सदस्यहरु हिथ्रो एयरपोर्ट पुग्नुभएको थियो ।
त्यस्तै, तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, घान्द्रुक समाज युकेका निवर्तमान अध्यक्ष नारायणसिंह गुरुङ, पूर्वअध्यक्ष अर्जुन गुरुङ, घान्द्रुक काम्चे कोन्मय खलक युकेका अध्यक्ष क्या. चन्द्रबहादुर गुरुङलगायत आफन्तजन, शुभचिन्तक र भक्तजनहरु हिथ्रो पुगी खादा लगाई स्वागत गर्नुभएको थियो ।
बीसीसी युकेले आउने सोमबार ३० डिसेम्बरका दिन अल्डरसटस्थित गुम्बामा तमु ल्होछारको अवसरमा आयोजना गर्न लागेको विशेष पूजापाठमा वरिष्ठ लामा गुप्ती गुरुङलाई निमन्त्रणा गरिएको हो । उहाँ घ्यासी पूजा, आयु पूजा, महाकाला पूजा, दिप प्रज्ज्वलन, साङ पूजालगायतका पूजाहरुमा सहभागी हुने बीसीसी यूकेले जनाएको छ ।
तमु अर्थात् गुरुङ जातिहरुको महान् पर्व ल्होछारका दिन बीसीसी यूकेले प्रत्येक वर्ष विशेष पूजाको आयोजना गर्दै आएको छ । ल्होछार कार्यक्रममा सहभागी भैदिन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा बीसीसी युकेले आग्रह गरेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा