
लन्डन । नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठले बेलायतमा ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ पाउनु भएको छ ।
श्रेष्ठलाई बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) का निर्देशक फिलिप स्टाइनबर्गले पुरस्कार प्रदान गरेको
जानकारी दिनुभएको हो । माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ ।
माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको सम्पत्तिबाट प्राप्त वसीयतबाट प्रदान गरिन्छ । उहाँ आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक हुनुहुन्थ्यो । यो अवार्डको पुरस्कार राशि ७ सय ४५ पाउन्ड स्टर्लिंग नगद रहेको छ ।
नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गर्नुभएका श्रेष्ठका सीमासँगसम्बन्धी विभिन्न १४ वटा पुस्तकहरू प्रकाशित छन् ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’