
लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेको अध्यक्षमा पुन: देउकाजी गुरुङ चयन हुनुभएको छ ।
गोर्खा भवन, फार्नबोरोमा शनिबार २१ डिसेम्बर २०२४ मा सम्पन्न भएको संस्थाको पाँचौँ वार्षिक साधारणसभाले देउकाजी नेतृत्वको पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो । आउने तीन वर्षका लागि चयन भएको कार्यसमिति उपाध्यक्ष रवि गुरुङ, महासचिव प्रकाश गुरुङ, कोषाध्यक्ष कृष्ण घले, सहकोषाध्यक्ष देव घले, सांस्कृतिक संयोजक खुशीमान गुरुङ, सहसंयोजक दिल गुरुङ रहनुभएको छ । यस्तै गाउँका प्रतिनिधिहरू यामबहादुर गुरुङ, दिलबहादुर गुरुङ, रुद्रकाजी गुरुङ, प्रेम गुरुङ, किरण गुरुङ, जगन गुरुङ, राजन गुरुङ, अशिष गुरुङ, खुशीमान घले, डमर घले चुनिनु भएको पञ्चासे हर्पनडाँडा समाजले जनाएको छ ।
केही रिक्त रहेका पदहरू कार्यसमितिको बैठकबाट पूर्णता दिने जनाइएको छ । कार्यसमिति चयनका लागि डमरकाजी गुरुङ र मोन गुरुङ निर्वाचन आयुक्त रहनुभएको थियो ।
संस्थाका अध्यक्ष देवकाजी गुरुङको अध्यक्षतामा भएको साधारणसभामा उपाध्यक्ष रवि गुरुङले स्वागत मन्तव्य, कोषाध्यक्ष कृष्ण घलेले आयव्यय विवरण प्रस्तुत गर्नुभयो भने प्रकाश गुरुङले नेपाल बैंकमा भएको खाता विवरण प्रस्तुत गर्नुभएको थियो ।
सहकोषाध्यक्ष देव घले, सांस्कृतिक संयोजक खुशीमान गुरुङ तथा सहसंयोजक दिल गुरुङ, वेब संयोजक कृपा गुरुङ, चार गाउँका प्रतिनिधिहरू यामबहादुर गुरुङ, रुद्रकाजी गुरुङ, किरण गुरुङ, जगन गुरुङ, निर गुरुङ र राजन गुरुङले छोटो मन्तव्य राख्नुभएको थियो ।
प्रमुख सल्लाहकार डमरकाजी गुरुङ, सल्लाहकारहरू रनबहादुर गुरुङ, मोन गुरुङ, आमा टोलीबाट गीता गुरुङ, शोभा गुरुङ, सरस्वती गुरुङ, विनीता गुरुङ र ध्रुव गुरुङलगायतले पनि छोटो मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष देवकाजी गुरुङले आफ्नो कमिटीले पुर्याएको योगदानको प्रशंसा गर्दै सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा