
लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेको अध्यक्षमा पुन: देउकाजी गुरुङ चयन हुनुभएको छ ।
गोर्खा भवन, फार्नबोरोमा शनिबार २१ डिसेम्बर २०२४ मा सम्पन्न भएको संस्थाको पाँचौँ वार्षिक साधारणसभाले देउकाजी नेतृत्वको पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो । आउने तीन वर्षका लागि चयन भएको कार्यसमिति उपाध्यक्ष रवि गुरुङ, महासचिव प्रकाश गुरुङ, कोषाध्यक्ष कृष्ण घले, सहकोषाध्यक्ष देव घले, सांस्कृतिक संयोजक खुशीमान गुरुङ, सहसंयोजक दिल गुरुङ रहनुभएको छ । यस्तै गाउँका प्रतिनिधिहरू यामबहादुर गुरुङ, दिलबहादुर गुरुङ, रुद्रकाजी गुरुङ, प्रेम गुरुङ, किरण गुरुङ, जगन गुरुङ, राजन गुरुङ, अशिष गुरुङ, खुशीमान घले, डमर घले चुनिनु भएको पञ्चासे हर्पनडाँडा समाजले जनाएको छ ।
केही रिक्त रहेका पदहरू कार्यसमितिको बैठकबाट पूर्णता दिने जनाइएको छ । कार्यसमिति चयनका लागि डमरकाजी गुरुङ र मोन गुरुङ निर्वाचन आयुक्त रहनुभएको थियो ।
संस्थाका अध्यक्ष देवकाजी गुरुङको अध्यक्षतामा भएको साधारणसभामा उपाध्यक्ष रवि गुरुङले स्वागत मन्तव्य, कोषाध्यक्ष कृष्ण घलेले आयव्यय विवरण प्रस्तुत गर्नुभयो भने प्रकाश गुरुङले नेपाल बैंकमा भएको खाता विवरण प्रस्तुत गर्नुभएको थियो ।
सहकोषाध्यक्ष देव घले, सांस्कृतिक संयोजक खुशीमान गुरुङ तथा सहसंयोजक दिल गुरुङ, वेब संयोजक कृपा गुरुङ, चार गाउँका प्रतिनिधिहरू यामबहादुर गुरुङ, रुद्रकाजी गुरुङ, किरण गुरुङ, जगन गुरुङ, निर गुरुङ र राजन गुरुङले छोटो मन्तव्य राख्नुभएको थियो ।
प्रमुख सल्लाहकार डमरकाजी गुरुङ, सल्लाहकारहरू रनबहादुर गुरुङ, मोन गुरुङ, आमा टोलीबाट गीता गुरुङ, शोभा गुरुङ, सरस्वती गुरुङ, विनीता गुरुङ र ध्रुव गुरुङलगायतले पनि छोटो मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष देवकाजी गुरुङले आफ्नो कमिटीले पुर्याएको योगदानको प्रशंसा गर्दै सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद