
लन्डन । अल्डरसट भलिबल क्लबको अध्यक्षमा विमल गुरुङ चयन हुनु भएको छ ।
शनिबार अल्डरसटस्थित माइतीघरमा भएको पाँचौँ अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
उपाध्यक्षमा सैलेश राई र सेवक ग्लान, सचिवमा गोकुल राई, सहसचिवमा मेश पुन, कोषाध्यक्षमा कृष्ण गुरुङ, सहकोषाध्यक्षमा हेम राई र खेल संयोजक मिन ठकुरी चयन हुनुभएको छ ।
अधिवेशनमा क्लबका संरक्षक शेरबहादुर सुनारले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो । अधिवेशनको निर्वाचन मण्डलमा क्लबकै पूर्वअध्यक्षहरू डोल श्रीस र सोर्ग गुरुङ हुनुहुन्थ्यो ।
अल्डरसट वरिपरि बसोबास गर्ने भलिबलप्रेमीहरू मिलेर सन् २०१६ मा चन्द्र गुरुङको अध्यक्षतामा उक्त भलिबल क्लब स्थापना गरिएको हो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने