
लन्डन । तमुधीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले संस्थाको सानलाई अजै उच्च बनाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आफूलाई अध्यक्षमा निर्वाचित गराएकोमा आभार प्रकट गर्नुहुँदै उहाँले संस्थाको विशाल मान र सानलाई अझै उच्च बनाउन हरकिसिमले कोसिस गर्ने बताउनुभएको हो । ‘तमुधीं यूके जातीय संस्था भए पनि यसले गरेको क्रियाकलापहरु गोर्खा कप, नेपाली मेला, आजीवन सदस्य रात्रिभोज, डा हर्क गुरुङ र डा चन्द्र गुरुङ स्मृति साँझ, तमु प्रतिष्ठान छात्रवृत्ति अक्षयकोष संकलन कार्यक्रम र तमु ल्होछार आदिले गर्दा यो संस्थाले परोपकारी संस्थाको रुपमा आफ्नो परिचय बनाएको छ । बाढी, पहिरो, भूकम्प, आगलागी र कोरोनापीडितहरुलाई गर्दै आएको सहयोगले संस्थाले आफ्नो परिचय अग्लो र सग्लो बनाएको छ,’ अध्यक्ष गुरुङले फेसबुकमा लेख्नुभएको छ, ‘संस्थाको यस्तो विशाल मान र सानलाई अझै उच्च बनाउन हरकिसिमले कोसिस गर्ने छु ।’
आफ्नो चरित्र काममा केन्द्रित हुने रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष गुरुङले तमुधींको हितलाई सर्वोपरी ठान्नेसमेत बताउनुभयो । ‘सबैको आ-आफ्नो चरित्र हुन्छ । बोल्ने कुरामा भन्दा काममा बढी केन्द्रित हुने मेरो चरित्र रहेको छ । त्यसैले म काममा नै केन्द्रित रहने छु,’ उहाँको भनाइ छ, ‘मेरो कार्यकालमा यहाँहरुको राय, सुझावलाई लिएर अगाडि बढ्ने छु । तमुधींको हितलाई सर्वोपरी ठान्ने छु । तमुधींको हित विपरीत कुनै काममा सम्झौता गर्ने छैन । सदाझैं हजुरहरुको साथ र सहयोग पाउने कुरामा विश्वस्त छु ।’
उहाँले आफूलाई तमुधींको अध्यक्ष पदमा चुनेर अवसर दिएकोमा तमुधीं यूकेको १२ औं कार्यसमितिका अध्यक्ष हरि गुरुङलगायत कार्यसमितिको पदाधिकारी र सदस्यहरु, आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङलगायत कार्यसमितिको पदाधिकारीहरु र सदस्य रु, सस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलगायत संस्थापकहरु, पूर्वअध्यक्षहरु, एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ र पुनम गुरुङहरु र आईसीसी सदस्यद्वय, तमुधीं यूकेका ट्रस्टिजहरु, सल्लाहकारहरु, एकाईका अध्यक्षहरु, आजीवन सदस्यहरु, विभिन्न संघ संस्थाका अध्यक्षहरुलगायतलाई धन्यवाद दिनुभएको छ ।
यस्तै २०२४ डिसेम्बर १४ का दिन भएको तमुधीं युकेको महाधिवेशनको लागि चयन भएको निर्वाचन समिति संयोजक एकेन्द्र गुरुङ र सहसंयोजक मेरि कृष्णबहादुर गुरुङ, उपस्थित सबै तमु, तमुस्योहरु र पत्रकारहरु पनि धन्यवाद प्रकट गर्नुभएको छ । ‘यहाँहरुले मलाई गौरवशाली संस्था तमुधीं युकेको गरिमामय अध्यक्ष पदमा म र मेरी जीवन संगिनी कमलादेवी गुरुङलाई आमा समूह अध्यक्षमा निर्विरोध निर्वाचित गर्नुभएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उहाँले स्टाट्समा लेख्नुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा