
लन्डन । बेजिङस्टोक निवासी लिम्बू समुदायले लिम्बुहरुको महान् पर्व चासोक तङ्नाम भव्यताका साथ मनाएका छ्न् ।
बेजिङस्टोक शाखा अध्यक्ष शान्तिमाया नाल्बोको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । दीपप्रज्वलनबाट सुरु भएको औपचारिक कार्यक्रम संचालन सचिव धन माबो गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष ज्ञानेन्द्र मेन्याङ्बोले राख्नुभएको थियो। हेल्थ एन्ड सेफ्टी जानकारी प्रिया लिङ्थेपले दिनुभएको थियो ।
बिहान १० बजे किराँत धर्मअनुसार कल्पना आङबुहाङ वाराङहाङ र चन्द्रकला लिम्बूद्वारा पूजापाठबाट सुरुआत गरिएको कार्यक्रम रातको १० बजेसम्म चलेको थियो । सोही दिन आयोजित समाजको वार्षिक साधरणसभामा शाखाका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।
स्थानीय कलाकारहरुद्वारा केलाङ, हाक्पारे र पालामले सभालाई मनोरन्जनपूर्ण बनाएको थियो भने नेपालबाट आएका गायक बर्बिम शेर्मा र गायिका गंगा फेयकले भरपुर मनोरन्जन गराउनुभएको थियो । साथै राफल ड्र मा सबैको ध्यानाकर्षण भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेका प्रतिनिधि महेश वनेम, स्थानीय समाज बीएनसीका ओम गुरुङ, किरात राई यायोक्खा शाखा अध्यक्ष शिवधोज राई, केवाईसी यूकेका पूर्वअध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे, सुभास जबेगु, शाखाका पूर्वअध्यक्ष लिङ्थेप, अमृता पालुङ्वा सबेनहिम, चन्द्र बेघा, रसमुर शाखाका पूर्वअध्यक्ष व्यापारी जित मेन्याङ्बो र रिडिङ शाखाका पूर्वसचिव एलबी सुब्बा, समाजसेवी निशा शर्मा, स्थानीय व्यापारी बल थापा लगायतको उपस्थिति थियो ।
अनौपचारिक कार्यक्रम संचालन प्रिया लिङथेप र दिपा लिम्बूले गर्नुभएको थियो । साउण्ड सिस्टममा दिलिप लिम्बूले जिम्मा लिनुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा