
लन्डन । बेलायती सरकारले मङ्गलबार रुसी आक्रमणबाट प्रभावित युक्रेनको उर्जा ग्रिड मर्मत गर्न र चिसो मौसमको सामना गरिरहेका युक्रेनीहरूलाई सहयोग गर्न तीन करोड ५० लाख पाउन्ड सहयोगको घोषणा गरेको छ । बेलायत सरकारको विवरणअनुसार दुई करोड पाउन्ड विद्युत् सञ्जाल पुनःस्थापना र युक्रेनी पूर्वाधार संरक्षणमा खर्च गरिनेछ ।
थप एक करोड ५० लाख पाउन्ड ‘तापक्रम घट्दै गएको बेला सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई जीवनरक्षक मानवीय सहयोग’ प्रदान गर्न उपलब्ध गराइनेछ । रुसले शुक्रबार बिहान एक पटक फेरि युद्धग्रस्त युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै आफ्नो सबैभन्दा ठूलो क्षेप्यास्त्र आक्रमण गर्यो ।
युक्रेनी डिटिइके पावर प्रदायकले आक्रमणले केही युक्रेनी विद्युत् संयन्त्रलाई ‘गम्भीर क्षति’ पुर्याएको र हजारौँ मानिसको बिजुली बन्द भएको बताएको छ । किएभका अनुसार वर्षको सुरुआतदेखि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि कम्तीमा ११ ठूला स्तरका आक्रमण गरेको छ र युक्रेनीहरू अहिले युद्धको तेस्रो जाडो बिताइरहेका छन् ।
बेलायत सरकारले ऊर्जा कम्पनीहरू टु रिभर्स डिएमसिसि र टु रिभर्स पिटिई लिमिटेडलाई पनि स्वीकृति दिएको छ । ती कम्पनी ‘रूसी तेलको कारोबारमा महत्त्वपूर्ण कडी’ मानिन्छन् ।
बेलायती प्रधानमन्त्री किअर स्टारमरले पश्चिमी प्रतिबन्धहरूलाई बेवास्ता गर्ने तेल ट्याङ्करहरूको मस्कोको तथाकथित ‘छाया फ्लिट’ मा थप कारबाहीको घोषणा गर्नुभयो । पछिल्लो प्रतिबन्धले १६ वटा जहाजलाई लक्षित गरेको छ । ब्रिटिश सरकारले अहिलेसम्म रूसी ऊर्जा ढुवानी गर्ने १०० भन्दा बढी जहाजमाथि प्रतिबन्ध लगाएको बताएको छ । यसले ट्याङ्करहरू ‘बन्दरगाह बाहिर निष्क्रिय’ भएका छन् र ‘पुटिन र उहाँको युद्ध प्रयासहरूलाई लाखौँ रकम बर्बाद’ गर्न बाध्य गराएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा