
लन्डन । तमु धीं यूकेको १३ औं कार्यसमितिको औपचारिक घोषणा गरिएको छ ।
तमु धिं भवन मिचेटमा शनिबार भएको २४ औं वार्षिक साधारणसभा र १३ औं महाधिवेशनमा तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ निर्विरोध चयन घोषणा निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले गर्नुभएको हो । संयोजक गुरुङका अनुसार गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षलगायतमा एकल उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । जुमकाजी नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध भएको छ । यस्तै कमलादेवीको नेतृत्वको आमा समूह २८ सदस्यी रहेको छ ।
अध्यक्षमा चयन भएका जुमकाजी यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

नवनिर्वाचित कार्यसमितिले शनिबार नै निर्वाचित भएको प्रमाणपत्र लिनुभएको छ । उहाँहरुले पद तथा गोपनियताको शपथग्रहणसमेत गर्नुभयो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ । यसअघिका अध्यक्ष हरि गुरुङ र आमा समूह अध्यक्ष सन्ध्या गुरुङको कार्यकाल सकिँदै गर्दा नयाँ कार्यसमिति चयन गरिएको हो ।
शनिबार घोषणा गरिएको कार्यसमितिले ल्होछार कार्यक्रम २८ डिसेम्बरमा जिम्मेवारी लिनेछ । आजको कार्यसमिति घोषणाअघि साधारणसभा भएको थियो । सभामा विभिन्न प्रतिवेदनउपर छलफलपछि पारित गरिएको थियो । अधिवेशनमा बाक्लो उपस्थिति रहेको थियो ।



एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा