
लन्डन । तमु धीं यूकेको १३ औं कार्यसमितिको औपचारिक घोषणा गरिएको छ ।
तमु धिं भवन मिचेटमा शनिबार भएको २४ औं वार्षिक साधारणसभा र १३ औं महाधिवेशनमा तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ निर्विरोध चयन घोषणा निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले गर्नुभएको हो । संयोजक गुरुङका अनुसार गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षलगायतमा एकल उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । जुमकाजी नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध भएको छ । यस्तै कमलादेवीको नेतृत्वको आमा समूह २८ सदस्यी रहेको छ ।
अध्यक्षमा चयन भएका जुमकाजी यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

नवनिर्वाचित कार्यसमितिले शनिबार नै निर्वाचित भएको प्रमाणपत्र लिनुभएको छ । उहाँहरुले पद तथा गोपनियताको शपथग्रहणसमेत गर्नुभयो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ । यसअघिका अध्यक्ष हरि गुरुङ र आमा समूह अध्यक्ष सन्ध्या गुरुङको कार्यकाल सकिँदै गर्दा नयाँ कार्यसमिति चयन गरिएको हो ।
शनिबार घोषणा गरिएको कार्यसमितिले ल्होछार कार्यक्रम २८ डिसेम्बरमा जिम्मेवारी लिनेछ । आजको कार्यसमिति घोषणाअघि साधारणसभा भएको थियो । सभामा विभिन्न प्रतिवेदनउपर छलफलपछि पारित गरिएको थियो । अधिवेशनमा बाक्लो उपस्थिति रहेको थियो ।



नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा