
लन्डन । विश्वकप-२०३० स्पेन, पोर्चुगल र मोरक्कोमा र २०३४ मा साउदी अरेबियामा हुने भएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने र सन् २०३४ को विश्वकप साउदी अरेबियामा गर्ने बुधबार निर्णय गरेको हो । सन् २०३० को विश्वकपका तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन् । विश्वकप आयोजनामा सय वर्ष पुगेको अवसरमा यी तीन देशमा तीन खेल हुन लागेको हो ।
फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले विश्वका दुई संस्करणको आयोजकबारे मतदानको मद्दतले निर्णय गरेको हो । सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्न लागेका हुन् ।
फिफाले पछिल्लो समय विश्वकपका प्रत्येक संस्करण फरक-फरक महादेशमा गर्ने निर्णय गरेको थियो । यस्तोमा सन् २०३४ को विश्वकप एसियामा हुने क्रममा थियो र साउदी अरेबियाले मात्रै त्यसको आयोजनाका लागि दाबेदारी पेस गरेको थियो । सन् २०२२ को विश्वकप अर्को एसियाली देश कतारमै भएको थियो ।
२०३४ मा साउदी अरबले विश्वकप फुटबल खेलाउने जिम्मेवारी पाएको फिफाको घोषणले साउदी अरबका आफ्ना नागरिकमा मात्रै खुसीको उत्सव छाएको छैन । यो उत्सवमा साउदी अरबको विकासमा योगदान पुर्याउन गएका एक करोड ३४ लाख आप्रवासी श्रमिक पनि जोडिन पुगेको छ । आप्रवासीको यो संख्या साउदीको कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा हो । जसमा साउदीमा ४ लाख नेपाली कार्यरत छन् ।
साउदीले आउँदो विश्वकपको लागि आफ्ना प्रमुख सहर रियाद, जेद्दा, अलखोवर, अभा र नियोमका तीन वटा रंगशालालाई स्तरीकरण गर्नेसहित थप भव्य ११ वटा बृहत् रंगशाला निर्माणको योजना बनाएको छ ।
त्यस्तै एक लाख ८५ वटा होटलका कोठाहरु, विमानस्थल, सडक, रेल सहितका आधुनिक पूर्वाधारहरुको निर्माणसँग सम्बन्धी आयोजनाहरु अगाडि बढाइएको छ । साउदीले विश्वकपलाई नै लक्ष्य गरी बृहत् राष्ट्रिय परियोजनाको निर्माण अगाडि बढाइसकेको छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु