लन्डन । तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा गुरुङको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो ।

जुमकाजी नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध भएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनुभयो ।
पदाधिकारी तथा सदस्यमा को को चयन भए भन्नेबारे यही डिसेम्बर १४ तारिखमा हुने २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशनमा औपचारिक घोषणा गरिने संयोजक एकेन्द्रले बताउनुभयो ।
नयाँ अध्यक्ष चुनिएका जुमकाजी हरि गुरुङ नेतृत्वको १२ औं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अत्यन्त मिहिनेती, सरल र सहयोगी स्वभावका जुमकाजी गुरुङको बेलायतका नेपाली समुदायमा छुट्टै पहिचान छ ।
सन् २००७ देखि सामाजिक संस्थामा जोडिएका गुरुङ १० औं कार्यसमितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो ।
तमुधिंको हेम्प्सायर सर्रे इकाई सदस्य, उपाध्यक्ष, अध्यक्ष र सन् २०१५–२०१६ को आठौं कार्यसमितिमा कोषाध्यक्षको भूमिका निभाउनुभएको थियो ।
विभिन्न सामाजिक कार्यमा सक्रिय गुरुङ बुबा स्व.सुनार गुरुङ र आमा मनसुवा गुरुङको कोखबाट पर्वतको ताङ्लेमा जन्मिनुभएको हो ।
२०३६ सालमा ब्रिटिस आर्मीमा भर्ती हुनुभएका उहाँले १८ वर्षे सेवापश्चात् अवकाश पाउनुभयो ।
अहिले परिवारसहित बेलायत बस्नुहुन्छ जुमकाजी । जुमकाजी तमुधिं यूकेका अलावा रामबजार सोसाईटी यूके, तमु संसार त्रैमासिक पत्रिका, लोकबहादुर स्मृति प्रतिष्ठान र तमु कल्चरल फोरमलगायत संघ संस्थामा आबद्ध हुनुहुन्छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा