लन्डन । तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा गुरुङको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो ।

जुमकाजी नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध भएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनुभयो ।
पदाधिकारी तथा सदस्यमा को को चयन भए भन्नेबारे यही डिसेम्बर १४ तारिखमा हुने २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशनमा औपचारिक घोषणा गरिने संयोजक एकेन्द्रले बताउनुभयो ।
नयाँ अध्यक्ष चुनिएका जुमकाजी हरि गुरुङ नेतृत्वको १२ औं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अत्यन्त मिहिनेती, सरल र सहयोगी स्वभावका जुमकाजी गुरुङको बेलायतका नेपाली समुदायमा छुट्टै पहिचान छ ।
सन् २००७ देखि सामाजिक संस्थामा जोडिएका गुरुङ १० औं कार्यसमितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो ।
तमुधिंको हेम्प्सायर सर्रे इकाई सदस्य, उपाध्यक्ष, अध्यक्ष र सन् २०१५–२०१६ को आठौं कार्यसमितिमा कोषाध्यक्षको भूमिका निभाउनुभएको थियो ।
विभिन्न सामाजिक कार्यमा सक्रिय गुरुङ बुबा स्व.सुनार गुरुङ र आमा मनसुवा गुरुङको कोखबाट पर्वतको ताङ्लेमा जन्मिनुभएको हो ।
२०३६ सालमा ब्रिटिस आर्मीमा भर्ती हुनुभएका उहाँले १८ वर्षे सेवापश्चात् अवकाश पाउनुभयो ।
अहिले परिवारसहित बेलायत बस्नुहुन्छ जुमकाजी । जुमकाजी तमुधिं यूकेका अलावा रामबजार सोसाईटी यूके, तमु संसार त्रैमासिक पत्रिका, लोकबहादुर स्मृति प्रतिष्ठान र तमु कल्चरल फोरमलगायत संघ संस्थामा आबद्ध हुनुहुन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा