
लण्डन । बेलायतको गृह मन्त्रालयले बायोमेट्रिक रेसिडेन्स पर्मिट (बीआरपी) का आधारमा सन् २०२५ को मार्च महिनासम्म यात्रा गर्न पाउने प्रष्ट गरेको छ ।
मन्त्रालयले बीआरपी र बायोमेट्रिक रेसिडेन्स कार्ड (बीआरसी) यही डिसेम्बर महिनाबाट खारेज गर्ने घोषणा गरेर इभिसा लागू गर्ने निर्णय गरेको थियो । तर पुरानो व्यबस्थाबाट इभिसामा रूपान्तरण हुन केही समय लाग्न सक्ने भन्दै मन्त्रालयले मार्चसम्म बीआरपी वा बीआरसी लिएर यात्रा गर्न पाइने बनाएको हो ।
वायु सेवा सन्चालकहरूलाई सजिलो बनाउन सो निर्णय लिइएको बताइएको छ । किनकि यदि कुनै पनि देशमा प्रवेशको अनुमति नभएका यात्रुलाई बोकेको अवस्थामा त्यस्ता यात्रुलाई फिर्ता लैजाँदा लाग्ने खर्च पनि सम्बन्धित वायु सेवाले नै ब्यहोर्न पर्ने प्रावधान रहेको छ ।
बेलायती सरकारकी अध्यागमन तथा नागरिकता सम्बन्धी मन्त्री सीमा मल्होत्राले हालसम्म ३१ लाख मानिसहरूले इभिसा लिएको बताएकी छिन् । इभिसाका बारेमा आएका प्रतिक्रियाहरू आफूले अध्ययन गरिररहेको बताउँदै उनले बिना झन्झटको अन्तर्राष्ट्रिय यात्राका लागि म्याद सकिएको बीआरपी वा बीआरसीलाई पनि मान्यता दिइएको बताइन् ।
मन्त्रालयले इभिसा लिन बाँकीलाई पनि यसै महिनाको अन्त्यसम्ममा लिइसक्न अपील गरेको छ ।
मन्त्रालयले पासपोर्टमा इन्डिफिनट लिभ टू रिमेन (आइएलआर) को छाप लिएर यात्रा गर्नेहरूले पहिलेजस्तै गरी यात्रा गर्न सक्ने बताएको छ भने उनीहरूलाई नो टाइम लिमिटका लागि आवेदन दिन र त्यसपछि इभिसा लिन पनि आग्रह गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा