
काठमाडौँ । कीर्तिमानी आरोही पूर्वगोर्खा हरिबुढामगर बेलायतमा प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनुभएको छ । घुँडाभन्दा माथिको दुबै खुट्टा गुमाएका व्यक्तिमा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएका बुढामगर बेलायतको ‘एमबिई’ सम्मान पाउनुभएको हो । यो पुरस्कार बेलायतको तेस्रो प्रतिष्ठित सम्मान हो ।
बुढामगरलाई बेलायती राजाको तर्फबाट राजकुमारी एनले बुढामगरलाई पुरस्कार प्रदान गर्नुभएको हो । दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने र अरूको लागि उदाहरणीय काम गरेर महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरूका लागि एमबिई पुरस्कार प्रदान गरिन्छ ।
पुरस्कार ग्रहणपछि कीर्तिमानी आरोही बुढामगरले आफूलाई एमबिईबाट सम्मानित भएकोमा ‘एकदमै अद्भुत महसुस’ गरेको बताउनुभयो । बुढामगरले २०१० मा अफगानिस्तानमा ब्रिटिश सेना कार्यरत हुँदा विद्रोहीले थापेको आइडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) विस्फोटमा दुबै खुट्टा गुमाउनुभएको थियो । उहाँले सन् २०२३ मा सगरमाथा आरोहरण गरेर कृतिमान कायम राख्नुभएको थियो । मगरलाई अपांगता सचेतना सेवाहरूको लागि एमबीई बनाइएको हो ।
बुढामगरले सन् २०१८ मा एभरेस्ट चढ्न अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिबन्ध लगाउने निर्णयलाई उल्टाउन नेपालको सर्वोच्च अदालतमा अभियान चलाउनुभएको थियो । पुरस्कार ग्रहणका क्रममा बुढामगरले राजकुमारी ऐनलाई सातवटा शिखर आरोहण पूरा गर्ने सुनाउनुभएको थियो ।
बुढामगरले सातवटा महादेशका सबैभन्दा अग्ला शिखर आरोहणको लक्ष्य राख्नुभएको छ । अहिलेसम्म ४ वटा शिखरको आरोहण गरिसक्नुभएको छ । आगामी फेब्रुअरीमा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो पहाड एकोनकागुआ आरोणको तयारी गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा