
काठमाडौँ । कीर्तिमानी आरोही पूर्वगोर्खा हरिबुढामगर बेलायतमा प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनुभएको छ । घुँडाभन्दा माथिको दुबै खुट्टा गुमाएका व्यक्तिमा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएका बुढामगर बेलायतको ‘एमबिई’ सम्मान पाउनुभएको हो । यो पुरस्कार बेलायतको तेस्रो प्रतिष्ठित सम्मान हो ।
बुढामगरलाई बेलायती राजाको तर्फबाट राजकुमारी एनले बुढामगरलाई पुरस्कार प्रदान गर्नुभएको हो । दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने र अरूको लागि उदाहरणीय काम गरेर महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरूका लागि एमबिई पुरस्कार प्रदान गरिन्छ ।
पुरस्कार ग्रहणपछि कीर्तिमानी आरोही बुढामगरले आफूलाई एमबिईबाट सम्मानित भएकोमा ‘एकदमै अद्भुत महसुस’ गरेको बताउनुभयो । बुढामगरले २०१० मा अफगानिस्तानमा ब्रिटिश सेना कार्यरत हुँदा विद्रोहीले थापेको आइडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) विस्फोटमा दुबै खुट्टा गुमाउनुभएको थियो । उहाँले सन् २०२३ मा सगरमाथा आरोहरण गरेर कृतिमान कायम राख्नुभएको थियो । मगरलाई अपांगता सचेतना सेवाहरूको लागि एमबीई बनाइएको हो ।
बुढामगरले सन् २०१८ मा एभरेस्ट चढ्न अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिबन्ध लगाउने निर्णयलाई उल्टाउन नेपालको सर्वोच्च अदालतमा अभियान चलाउनुभएको थियो । पुरस्कार ग्रहणका क्रममा बुढामगरले राजकुमारी ऐनलाई सातवटा शिखर आरोहण पूरा गर्ने सुनाउनुभएको थियो ।
बुढामगरले सातवटा महादेशका सबैभन्दा अग्ला शिखर आरोहणको लक्ष्य राख्नुभएको छ । अहिलेसम्म ४ वटा शिखरको आरोहण गरिसक्नुभएको छ । आगामी फेब्रुअरीमा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो पहाड एकोनकागुआ आरोणको तयारी गर्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा