
लन्डन । ल्होसारको संघारमा बेलायतको रेडिङमा तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन खरिद गरिएको छ ।
३ सयभन्दा बढी क्षमताको ठूलो हल र मिनी साइजको हलसहित खेल मैदान, बगैंचा र बाहिर तथा भित्र कारपार्कलगायत सुविधा रहेको दुई तले भवन किनेको तमु प्ये ल्हु संघले जनाएको छ । सामुदायिक भवन तथा क्होँईबों निर्माण योजनाअन्तर्गत किनेको नयाँ घरको चाबी शुक्रबार बुझेको संघका अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमुले जानकारी दिनुभयो ।
चाबी बुझ्ने कार्यक्रममा अध्यक्षसहित संस्थापक अध्यक्ष अशोक ल्हेंगे, पूर्वअध्यक्ष जगत प्हच्यु, महासचिव भेग च्हाक्ली तमु, कोषाध्यक्ष याम प्हच्यु, खेगी संयोजक डमर टु क्ल्हेप्री तमु, सुवाससिंह गुरुङ, आमा समूह अध्यक्ष बबिता प्हच्यु तमुलगायतको उपस्थिति रहेको थियो ।
लामो समयको पर्खाइलाई अन्त्य गर्दै संस्थाको भवनको चाबी लिन सफल भएकोमा अध्यक्ष क्या (रि) डेमबहादुरले खुसी व्यक्त गर्नुभएको छ । ‘यसबाट मलाई सगुन मिलेको महसुस भएको छ भने सम्पूर्ण सदस्यलगायत शुभचिन्तकको प्रतीक्षाको घडी पनि सकिएको छ । यहाँहरूले दिनुभएको साथ, सहयोग, सद्भाव र सहानुभूतिले यो काम सम्पन्न गराउन बल मिलेको हो । यहाँहरूको सहयोग र दानबिना यो कार्य सम्पन्न हुने थिएन,’ अध्यक्ष क्या रि डेमबहादुरले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
घर पैँचोको लागि पूजा गर्न खेगी (पैंडी) लाई दिन हेराउन लगाएको समेत अध्यक्ष क्या रि डेमबहादुरले जानकारी गराउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद