लण्डन । बेलायतका लगानीकर्ताहरुको परिकल्पना, अवधारणा तथा प्रवद्र्धनमा स्थापित सोलार फार्म प्रालिलाई सौर्य उर्जाबाट ९० मेगावाट विद्युत उत्पादन गर्न अनुमति प्रदान गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई रुपन्देहीमा ४० मेगावाट र कपिलवस्तुमा ५० मेगावाट विद्युत उत्पादन गर्न कात्तिक २६ गते अनुमति प्रदान गरेको हो ।
सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङले नेपाल विद्युत प्राधिकरणबाट ९० मेगावाट सौर्य उर्जा उत्पादनका लागि आफूहरुलाई आशयपत्र पनि प्राप्त भइसकेको जानकारी दिनुभयो ।
नेपालभर ८०० मेगावाट सौर्य उर्जा उत्पादनका लागि प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो । यसरी प्राप्त भएका आवेदनहरुमध्येबाट छनौट गरी प्राधिकरणले विभिन्न सौर्य उर्जा उत्पादकहरुलाई अनुमति प्रदान गरेको हो ।
सोलार फार्म लिमिटेडले यसअघि नै तनहुँको बेलचौतारामा पाँच मेगावाटको सौर्य उर्जा उत्पादन गरिसकेको छ ।
कम्पनीले छिट्टै नै सर्वसाधारणलाई शेयर पनि बिक्री गर्न लागेको छ ।
प्राधिकरणबाट थप सौर्य उर्जा उत्पादनका लागि अनुमति प्राप्त भएकोमा सोलार फार्म लिमिटेडका लगानीकर्ताहरु उत्साहित भएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले नेपालमा घामबाट बिजुली उत्पादन गर्न सकिन्छ भन्ने अवधारणा र परिकल्पना आफूहरुले शुरु गरेको र अहिले अझ ठूलो परिमाणमा सौर्य उर्जा उत्पादनका लागि जिम्मेवारी पाउँदा गर्व लागेको बताउनुभयो ।
विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई सन् २०२६ को डिसेम्बरभित्रमा ९० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने समय निर्धारण गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद