लन्डन । बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यावसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन् ।
ब्रिटेन नेपाल लयर्स एसोसिएसन आबद्ध सोलिसिटर एवं कानुन व्यवसायीहरुको शुक्रबार लन्डनमा बैठकमा भएको हो । ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर दीपक भट्टराईले अहिले नेपाली सोलिसिटरहरु विशेषगरी अध्यागमन क्षेत्रमा मात्र केन्द्रित भएका पाइएको उल्लेख गर्नुहुँदै अब प्रोपर्टी ल, लिटिगेसन, फेमिली, इम्प्लोयमेन्ट ल जस्ता क्षेत्रमा पनि काम गर्न सुझाउनुभयो ।

‘बेलायतमा नेपाली समुदाय बढेसंगै कानूनी समस्याका आयामहरु पनि फरक हुंदैछन् । अब हामीहरुले फरक क्षेत्रमा समेत काम गर्न जरुरी छ’, सोलिसिटर भट्टराईले भन्नुभयो ।एसोसिएसनले कानुन व्यवसायीको करिअर विकास र कार्यक्षमता कसरी बढाउने भन्नेमा पनि सुझाव प्रदान गरिरहेको भट्टराईले जनाउनुभयो ।
उहाँले बेलायतमा सोलिसिटर बन्ने रुटबारे प्रकाश पार्दै सोलिसिटर्स क्वालिफाइङ एक्जामिनेसन (एसक्यूइ) बारे अवगत गराउनुभएको थियो ।
ब्यारिष्टर एवं एसोसिएसनका पूर्वअध्यक्ष देवेन्द्र श्रेष्ठले भूतपूर्व गोर्खा वयस्कहरुका लागि आएको नयाँ नियमबारे अपडेट गराउनुभएका थियो ।
ब्यारिष्टर श्रेष्ठले ‘अपिल राइट्स’ फेरि फिर्ता भएको जानकारी दिँदै मुद्दा कसरी लड्ने भन्नेबारे अवगत गराउनुभयो ।एसोसिएसनका उपाध्यक्ष एवं सोलिसिटर उत्तरमान तिगेलाले नेपाल, हङकङ हुँदै यूके आएर सोलिसिटर बन्न र फर्म आफैंले सञ्चालन गर्दाको संघर्ष र तितामिठा अनुभव सुनाउनुभयो ।
एसोसिएसनका सह-कोषाध्यक्ष सोलिसिटर रोजन भण्डारी र पर्सनल इन्जुरी क्षेत्रमा काम गरिरहेका युवा सोलिसिटर एसोसिएसनका सदस्य सोलिसिटर विपिन रेग्मीले पनि आ-आफ्नो संघर्ष र अनुभव सेयर गर्नुभयो ।
बैठकमा सोलिसिटरहरु लुना राई र अमर गुरुङ, ओआइएससी रजिष्टर्ड अध्यागमन सल्लाहकार विष्णु बुढाथोकी, क्याम्ब्रीजबाट एलएलएम गरेकी र हाल इन्टरनेशनल आरबीट्रेसन, लगानी सम्बन्धी विवाद (इन्भेष्टमेन्ट डिस्प्यूट) तथा अन्तर्राष्ट्रिय मानवअधिकार क्षेत्रमा काम गरिरहेकी हसिना लामिछाने लगायतले पनि आफ्नो संघर्ष सुनाउनुभयो ।
बैठकमा कानुन व्यवसायमा काम गरिरहेका कोहिनुर श्रेष्ठ, अनुप ढकाल, तनुश्री थापालगायत सहभागी हुनुहुन्थ्यो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद