
लन्डन । शरद्कालीन हिमाल आरोहणका लागि बेलायतबाट १ सय ५ जना नागरिक नेपालमा गएका छन् ।
यस पटक सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १ सय ३१, बेलायतबाट १ सय ५, फ्रान्सबाट ८३, चीनबाट ७९, जर्मनीबाट ७७ रसियाबाट ७५, जापानबाट ६४, चेक रिपब्लिकबाट ६२, स्पेनबाट ५१ र अस्ट्रेलियाबाट ५० आरोही नेपाल गएको
पर्यटन विभागले शुक्रबार जारी गरेको तथ्यांकमा उल्लेख छ । शरद्कालीन हिमाल आरोहणका लागि बेलायतसहित ७२ वटा देशका १ हजार २ सय ५१ नागरिक नेपाल पुगेका छन् ।
पूर्वमा संखुवासभामा पर्ने मकालु हिमालदेखि पश्चिममा दार्चुलामा पर्ने अपीसम्मका ४६ हिमाल आरोहण गर्न यस पटक ७२ वटा देशबाट आरोही नेपाल आएको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ । विदेशीबाहेक ४३ जना नेपाली पनि शरदयामको हिमाल आरोहणमा जाँदै छन् ।
यस पटक सबैभन्दा धेरै अमादब्लममा ४ सय ८१, मनास्लुमा ३ सय ८, हिमलुङमा १ सय ४४, वरुणसेमा ५१, थापापिक धम्पुसमा ३२, पुथाहिमचुलीमा २८, सारीबुङमा २१ जना आरोही पुगेका थिए ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]