
लन्डन । ३१ औं विश्व अपांगता दिवसको अवसरमा गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने भएको छ ।
अपांगता भएकाहरूको सहयोगार्थ आउँदो १ डिसेम्बर २०२४ मा नर्थह्याम्पटनस्थित कम्युनिटी फुटबल ग्राउन्डमा च्यारिटी कार्यक्रम राखिएको अध्यक्ष रुद्र थापामगरले जानकारी दिनुभएको हो । गुल्मी जिल्ला समाज यूकेले विगत १३ वर्षदेखि नेपालमा भएका अपांगहरूको सहयोगार्थ विश्व अपाङ्गता दिवसको अवसरमा प्रत्येक वर्ष च्यारिटी कार्यक्रम गर्दै आएको छ ।
बिहान ११ देखि राति ८ बजेसम्म हुने कार्यक्रममा प्रथम गुल्मेली बाजासहित नेपालबाट आएका ख्यातिप्राप्त राष्ट्रिय कालाकारहरुको पनि बेजोड प्रस्तुति रहने अध्यक्ष थापामगरले बताउनुभयो । कलाकारहरुमा दीपक घर्ती मगर, रेजिना परियार, रुबिना अधिकारीलगायत हुनुहुन्छ ।
अध्यक्ष थापामगर परोपकारी अभियानलाई सफल बनाउन गुल्मी जिल्ला समाज यूकेलाई माया गर्ने सम्पूर्ण गुल्मेली तथा गैरगुल्मेली दाजुभाइ, दिदीबहिनीहरूमा उक्त दिनको कार्यक्रममा सहभागी भई दिन अनुरोधसमेत गर्नुभएको छ । अध्यक्ष थापामगरले विश्व अपांगता दिवस विशेष रुपमा मनाउन लागिएको भन्दै उक्त कार्यक्रममा उपस्थित भएर वा नभ्याएमा सकेको सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
यो कार्यक्रम अपांगता सचेतनामात्रै नभएर कार्यक्रमबाट उठेको रकम नेपालमा रहेका असक्त (अपांग) व्यक्तिहरुलाई नगद नभई जीवनमा लामो काम लाग्ने सीप र ज्ञान सिकाएर आत्मनिर्भर हुने क्षेत्रमा खर्च गराउने योजना रहेको अध्यक्ष थापामगरले सुनाउनुभएको छ । कार्यक्रममा खानाको व्यवस्थासहित २५ पाउन्ड प्रवेश शुल्क तोकिएको अध्यक्ष थापामगरले बताउनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा