
लन्डन । ३१ औं विश्व अपांगता दिवसको अवसरमा गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने भएको छ ।
अपांगता भएकाहरूको सहयोगार्थ आउँदो १ डिसेम्बर २०२४ मा नर्थह्याम्पटनस्थित कम्युनिटी फुटबल ग्राउन्डमा च्यारिटी कार्यक्रम राखिएको अध्यक्ष रुद्र थापामगरले जानकारी दिनुभएको हो । गुल्मी जिल्ला समाज यूकेले विगत १३ वर्षदेखि नेपालमा भएका अपांगहरूको सहयोगार्थ विश्व अपाङ्गता दिवसको अवसरमा प्रत्येक वर्ष च्यारिटी कार्यक्रम गर्दै आएको छ ।
बिहान ११ देखि राति ८ बजेसम्म हुने कार्यक्रममा प्रथम गुल्मेली बाजासहित नेपालबाट आएका ख्यातिप्राप्त राष्ट्रिय कालाकारहरुको पनि बेजोड प्रस्तुति रहने अध्यक्ष थापामगरले बताउनुभयो । कलाकारहरुमा दीपक घर्ती मगर, रेजिना परियार, रुबिना अधिकारीलगायत हुनुहुन्छ ।
अध्यक्ष थापामगर परोपकारी अभियानलाई सफल बनाउन गुल्मी जिल्ला समाज यूकेलाई माया गर्ने सम्पूर्ण गुल्मेली तथा गैरगुल्मेली दाजुभाइ, दिदीबहिनीहरूमा उक्त दिनको कार्यक्रममा सहभागी भई दिन अनुरोधसमेत गर्नुभएको छ । अध्यक्ष थापामगरले विश्व अपांगता दिवस विशेष रुपमा मनाउन लागिएको भन्दै उक्त कार्यक्रममा उपस्थित भएर वा नभ्याएमा सकेको सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
यो कार्यक्रम अपांगता सचेतनामात्रै नभएर कार्यक्रमबाट उठेको रकम नेपालमा रहेका असक्त (अपांग) व्यक्तिहरुलाई नगद नभई जीवनमा लामो काम लाग्ने सीप र ज्ञान सिकाएर आत्मनिर्भर हुने क्षेत्रमा खर्च गराउने योजना रहेको अध्यक्ष थापामगरले सुनाउनुभएको छ । कार्यक्रममा खानाको व्यवस्थासहित २५ पाउन्ड प्रवेश शुल्क तोकिएको अध्यक्ष थापामगरले बताउनुभयो ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु