
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मा युवराज सिंहलाई दिइएको छ ।
साउथ इष्ट लन्डनमा आइतबार २४ नोभेम्बरमा आयोजित कार्यक्रममा सिंहले कार्यकारी सभापतिको जिम्मेवारी ग्रहण गर्नुभएको हो । २७ नोभेम्बर २०२१ शनिबार लन्डन साउथ ह्यारोमा भएको समितिको पाँचौं अधिवेशनले उम्मेदवारहरुको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्रो वर्ष, कोपिला वनेम लिम्बु तेस्रो वर्ष र युवराज सिंह चौंथो वर्ष कार्यकारी सभापति हुने निर्णय भएको थियो । चक्रीय प्रणालीमा सहमति भएअनुसार अहिले सिंहलाई नेतृत्व सुम्पिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर, अतिथिहरु डा. धर्मराज क्षेत्री थापा, डा. मिन रानाभाट, खेमराज रानाभाट, महेश रेग्मी, सुरज केसी, मन्दीप केसी, समितिका वरिष्ठ उपसभापति प्रवेश केसीलगायतले सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा