
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मा युवराज सिंहलाई दिइएको छ ।
साउथ इष्ट लन्डनमा आइतबार २४ नोभेम्बरमा आयोजित कार्यक्रममा सिंहले कार्यकारी सभापतिको जिम्मेवारी ग्रहण गर्नुभएको हो । २७ नोभेम्बर २०२१ शनिबार लन्डन साउथ ह्यारोमा भएको समितिको पाँचौं अधिवेशनले उम्मेदवारहरुको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्रो वर्ष, कोपिला वनेम लिम्बु तेस्रो वर्ष र युवराज सिंह चौंथो वर्ष कार्यकारी सभापति हुने निर्णय भएको थियो । चक्रीय प्रणालीमा सहमति भएअनुसार अहिले सिंहलाई नेतृत्व सुम्पिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर, अतिथिहरु डा. धर्मराज क्षेत्री थापा, डा. मिन रानाभाट, खेमराज रानाभाट, महेश रेग्मी, सुरज केसी, मन्दीप केसी, समितिका वरिष्ठ उपसभापति प्रवेश केसीलगायतले सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद