
लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी एक सातादेखि बेपत्ता छन् । युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा-७ गोठगाउँ घर भएका २४ वर्षीय सचिन भट्टराई गएको एक सातादेखि सम्पर्कविहीन हुनु भएको हो । गत शनिबार नोभेम्बर १६ तारिख साँझ सवा ८ बजेतिर काम सकेर निस्किनुभएका उहाँ त्यसयता सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
सो राती डेरामा नफर्केपछि उहाँसँगै बस्ने साथी, स्पन्दन वाग्लेले आइतबार उहाँको परिवारलाई र सोमबार प्रहरीलाई खबर गर्नुभएको थियो । गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित छ । उहाँको खोजीको पहलस्वरुप बेलायत प्रहरीमा पनि रिपोर्ट गरिसकिएको छ ।
यूके ब्रिस्टोलको मार्स्टन रोड बस्ने सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आउनुभएको थियो । उहाँलाई पित्तथैलीमा पत्थरीको समस्या रहेको तर अन्य कुनै स्वास्थ्य समस्याहरुबारे जानकारी नभएको उहाँनिकट स्रोतले जनायो । सचिनको परिवारले उहाँको खोजीमा सहयोग गरिदिन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।
“उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर दुई महिना पहिलेमात्रै बेलायत पुगेको छोरा बेपत्ता भएको समाचार सुन्दा हामी छाँगाबाट खसेजस्तो भएका छौं । हाम्रो छोराको वस्तुस्थिति पत्ता लगाई दिन हामी ब्रिटिस प्रहरी, लन्डनस्थित नेपाली दूतावास तथा बेलायतस्थित नेपाली समुदाय एवं संघसंस्थाहरुलाई हार्दिक आग्रह गर्दछौं,” सचिनका पिता शशिकान्त भट्टराईले भन्नुभयो ।
लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत बिपिन दवाडीले पनि भट्टराईको वस्तुस्थिति पत्ता लगाउन दूतावासले सक्दो प्रयास गरिरहेको बताउनुभयो । ब्रिस्टल प्रहरीले खोजी कार्य जारी राखेको बताइएको छ ।
सचिनबारे कुनै जानकारी भए वा उहाँलाई भेटे बेलायती प्रहरी वा उहाँकै कोठामा बस्ने साथीको मोबाइल नम्बर 07570734432 मा खबर गर्न आग्रह गरिएको छ ।
नेपाल सम्पर्क: +977 9816317102 / +977 9842283286
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा