
लन्डन । तमु (गुरुङ) समुदायले ठूलो सांस्कृतिक पर्वका रुपमा मनाइने तमु ल्होछार/ल्होसार (नयाँ वर्ष) नजिकिँदै छ ।
हरेक वर्षको पुस १५ का दिन तमु समुदायले ल्होछार/ल्होसार मनाउने गर्छन् । यस वर्ष तमुहरुले मुप्ह्री ल्हो (गिद्ध वर्ग) लाई बिदाइ र सप्ह्री ल्हो (सर्प वर्ग) को स्वागतमा ल्होछार मनाउने छन् ।
ल्होछारका अवसरमा बेलायतमा सक्रिय संघ संस्थाहरुले पनि विभिन्न कार्यक्रम तय गरेका छन् । तमु धीं यूके स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा ‘ल्होछार तथा रजत महोत्सव’ कार्यक्रम आयोजना गरिएको छ । क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा २८ डिसेम्बर २०२४ मा हुने कार्यक्रमको तयारी चलिरहेको तमु धीं यूकेले जनाएको छ ।
ल्होछार संयोजकमा उपाध्यक्ष कमल गुरुङ रहनुभएको छ । ल्होछार तथा रजत महोत्सव तयारीका लागि विभिन्न १४ वटा समिति बनाइएको छ । कार्यक्रमका लागि नेपालबाट तृष्णा गुरुङको ब्यान्डसहितका कलाकारहरुलाई निम्त्याइएको छ ।
तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले तमु धीं यूकेको रजत महोत्सव सफल पार्न आह्वान गर्नुभएको छ ।
यसैगरी, तमु समाज यूकेले आगामी ४ जनवरी २०२५ मा तमु ल्होछार मनाउने तयारी रहेको जनाएको छ । उक्त दिन ‘राष्ट्रिय पर्व तमु सप्री-ल्हो ल्होछार तथा सांस्कृतिक कार्यक्रम-२०८१’ बारोन हल ह्यारो लेजर सेन्टरमा हुने अध्यक्ष बिन्दु घले गुरुङले जानकारी गराउनुभएको छ । उहाँका अनुसार तमु जातिको मौलिक संस्कार, संस्कृति र परम्परा झल्किने बृहत् सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदानप्रदान हुने छ । सो अवसरमा नेपालबाट आउने चर्चित कलाकारका साथमा तमु समाज यूकेका कलाकारको बेजोड प्रस्तुति तथा डिजे धमाका हुनेछ ।
बेलायतमा रहेका तमु, नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित हुन तमु समाज यूकेले अनुरोध गरेको छ । सप्री ल्हो ल्होछार २०८१ को संयोजकको जिम्मेवारी संस्थाका उपाध्यक्ष केदार गुरुङलाई दिइएको छ । २८ डिसेम्बरमा गर्ने दशग्रह शान्तिपूजाको धार्मिक संयोजक हरिमान गुरुङ र आमा समूहका अध्यक्ष विमला घलेलाई जिम्मा दिइएको छ ।
साथै सांस्कृतिक कार्यक्रमका लागि पूर्वसांस्कृतिक सचिव सरु गुरुङ र आमा समूहका अध्यक्ष विमला घलेलाई जिम्मेवारी दिइएको छ । यस्तै, अतिथि पत्राचार महासचिव सुब घले र पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङले गर्नुहुनेछ ।
यस्तै तमु प्ये ल्हु संघ युकेले आगामी ३० डिसेम्बर २०२४ मा ल्होसार मनाउने भएको छ । अल्डरसटस्थित एक पार्टी प्यालेसमा सप्ह्री ल्हो (सर्प वर्ग) को अवसरमा ल्होसार महोत्सव आयोजना गरिने भएको हो ।
‘तमु प्ये ल्हु संघ युकेले सप्ह्री ल्हो (सर्प वर्ग) आगमनको पावन अवसरमा यही ३० डिसेम्बर २०२४, सोमबारका दिनमा सप्ह्री-ल्होसार महोत्सव आयोजना गर्न गइरहेको जानकारी गराउँदछु,’ संघले निकालेको सूचनामा उल्लेख छ, ‘उक्त कार्यक्रममा युकेमा छरिएर बस्नु भएका समस्त दाजुभाइ तथा दिदीबहिनीहरु उपस्थिति भई कार्यक्रमलाई सफल पारिदिन हुन हार्दिक विनम्र अनुरोध गर्दछ ।’
कार्यक्रममा बिहान ९ बजे धार्मिक पूजा हुनेछ । त्यस्तै ख्यातीप्राप्त कलाकाहरुबाट प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम, कक्टेल डान्स पनि हुने तमु प्ये ल्हु संघ युकेले जनाएको छ ।
बेलायतमा सक्रिय सोंपाल समाज यूके, तमु धीं लन्डन इकाइ, पञ्चासे समाज यूके, बीसीसी यूके, बुद्धिस्ट गुम्बा रेडिड युके, गोरखा जिल्ला गुरुङ समाज युके, ईलमपोखरी समाज यूके, साउथ इस्ट रेजिनल तमु धीं लन्डनलगायत संघ संस्थाले बर्सेनि ल्होछार पर्व मनाउँदै आएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद