
लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले क्यान्सर रोग सम्बन्धी सचेतनामूलक वेबिनार गर्ने तयारी गरेको छ । यही ३० नोभेम्बर, शनिबार बिहान १० देखि १२.३० बजेसम्म कार्यक्रम तय गरिएको हो ।
संस्थाले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) सँगको सहकार्यमा क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले विशेष वेबिनार आयोजना गर्न लागिएको जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर लाग्ने विभिन्न कारण, यसका लक्षणहरु, प्रारम्भिक परिक्षण र उपचारको महत्त्व, रोकथामका लागि जीवनशैलीमा ल्याउन सकिने आवश्यक परिवर्तन आदिबारे सचेतना जगाउनु रहेको संस्थाको भनाइ छ ।
कार्यक्रममा मुख्य वक्ताहरुमा डा. प्रज्ञा खनाल (क्लिनिकल अन्कोलोजिष्ट एनएचएस), सुनिता बोहोरा कार्की (हेड अफ नेक क्यान्सर युनिट एनएचएस), रजिष्टर्ड नर्स एवं क्यान्सर रिसर्च यूकेबाट प्रशिक्षित म्याटरनिटी कम्युनिटी म्याट्रोन सृजना कोइराला तथा केयर होम सञ्चालक एवं क्यान्सर रिसर्च यूकेबाट तालिमप्राप्त हेल्थ केयर विज्ञ प्रभु न्यौपाने रहनु हुनेछ ।
उक्त कार्यक्रममा स्वास्थ्य विशेषज्ञहरूसँग अन्तरक्रिया साथै क्यान्सर रोगलाई जितेका दुई व्यक्तिका अनुभव र क्यन्सरविरुद्ध भोग्नु परेको संघर्षबारे प्रेरणादायी प्रस्तुति हुने एनबीसी यूके संयोजक समीरनाथ प्याकुरेलले जनाउनुभयो । उहाँले बेलायतस्थित नेपाली/गोर्खा समुदाय साथै संसारभरि रहेका नेपालीलाई कार्यक्रममा सहभागी भएर लाभान्वित हुन अनुरोध पनि गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद