लन्डन । रेडिङ तमु समाज यूकेको अध्यक्षमा देवबहादुर गुरुङ र आमा समूह अध्यक्षमा आशा गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार १६ नोभेम्बर २०२४ मा रेडिङको पाकिस्तान कम्युनिटी सेन्टरमा भएको समाजको वार्षिक साधारणसभा तथा महाधिवेशनले देवबहादुरको नेतृत्वमा ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा हिरा गुरुङ र विमला गुरुङ तथा महासचिव याम गुरुङ, सचिवमा राजकुमार गुरुङ, कोषाध्यक्षमा हस्त गुरुङ, सहकोषाध्यक्षमा राम गुरुङ र कल्चरल आईसीमा जुमप्रसाद गुरुङ निर्वाचित भएका छन् । अन्य पदाधिकारी तथा सदस्य गरी ३० जनाको कार्यसमिति बनेको निर्वाचन मण्डलले जनाएको छ
रेडिङ तमु आमा समूहको अध्यक्षमा आशा गुरुङ चयन हुनुभयो । आमा समूहको उपाध्यक्षमा हरिमाया गुरुङ, उसा गुरुङ र मिना गुरुङ तथा महासचिव आशा गुरुङ २, सचिवमा शान्तु गुरुङ, कोषाध्यक्षमा साम्तेन गुरुङ र सहकोषाध्यक्षमा शान्ति गुरुङ रहनुभएको छ ।
नयाँ कार्यसमिति चयनका लागि लेफ्टिनेन्ट ढकबहादुर गुरुङको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो ।
रेडिङ तमु समाजका ज्येष्ठ सदस्य गोपाल गुरुङ, अध्यक्ष रुद्रराज गुरुङ र आमा समूह अध्यक्ष विमला गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गर्नुभएको थियो ।
पहिलो चरणमा भएकोवार्षिक साधारणसभामा महासचिव याम गुरुङले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण, कोषाध्यक्ष हस्त गुरुङले आय-व्यय विवरण र समाजको आर्थिक प्रतिवेदन प्रस्तुत साथै नयाँ आजीवन सदस्यलाई अध्यक्ष रुद्रराजले आजीवन सदस्य ब्याज प्रदान गर्नुभयो ।
यसैगरी, साधारणसभामा संस्थाको आर्थिक गतिविधि र आगामी २१ डिसेम्बरमा हुने रेडिङ तमु समाजको ल्होछारको विषयमा बृहत् छलफल गरिएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा