
बाकु । संयुक्त अधिराज्य (बेलायत)का जलवायु परिवर्तनसम्बन्धी विशेष प्रतिनिधि रिचेल क्याथे नेपालसँग बेलायतको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै बेलायतले जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि गरेको प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउनुभएको छ ।
अजरबैजानका बाकुरमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनस्थलमा शनिबार नेपालका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँगको भेटमा उहाँले उक्त धारणा राख्नुभएको हो । दुई नेताबीचको भेटवार्तामा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी वन मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिनुभयो ।
भेटमा मन्त्री शाहीले बेलायतसँग नेपालको दीर्घकालीन, सौहार्दपूर्ण र ऐतिहासिक सम्बन्ध रहदै आएको उल्लेख गर्दै बेलायत सरकारको सहयोगमा नेपालमा जलवायु परिवर्तनका क्षेत्रका विभिन्न परियोजनाहरू र कार्यक्रमहरू सञ्चालन हुँदै आएको बताएको उपसचिव ओलीले बताउनुभयो । साथै उहाँले हालै मात्र भएको नेपाल र बेलायतबीच भएको रेन परियोजनाको सम्झौताले वर्तमान सफलतालाई थप अगाडि बढाउने र नेपालको जलवायु तथा विपद् व्यवस्थापन कार्यलाई थप विस्तार गर्न मद्दत गर्ने उल्लेख गर्नुभएको थियो ।
मन्त्री शाहीले संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न कोप–२९ मा नेपाल सरकारले आफ्नो जलवायु महत्वाकांक्षी महत्त्वपूर्ण घोषणाहरू गरेको बारेमा स्मरण गराउँदै आगामी दिनमा थप सहयोगको अपेक्षा गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा