
काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको छ ।
घरेलु बक्स अफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग बढेको छ । सिनेमाको विदेशका हलमा पनि बुकिङ खुला भइसकेको छ । अमेरिका, बेलायत, यूएई, अष्ट्रेलियालगायतका देशमा प्रदर्शनको क्रममा छ । यी देशमा चलचित्रको बुकिङ खुला भइसकेको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्र अष्ट्रेलिया, न्युजिल्यान्ड र मध्य पूर्वका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ । अमेरिकामा भने यो चलचित्र नोभेम्बर ८ शुक्रबारदेखि रिलिज भएको छ । यसैगरी यूकेमा पनि सोही दिनदेखि विभिन्न शहरहरूमा प्रदर्शनको कार्यक्रम छ ।
अष्ट्रेलियामा यो चलचित्रलाई दर्शकहरूले अत्यधिक माग गरेका छन् । सिड्नीका विभिन्न शोहरू पूर्ण रूपमा बुक भएका छन् । प्रमुख सिनेमा चेनहरू जस्तै होयट्स सिनेमा, लाइमलाइट सिनेमा, भिलेज सिनेमा, स्टार थिएटर्स र न्युजिल्यान्डको इभेन्ट सिनेमा लगायतका हलहरूले थप शोहरू राख्न थालेका छन् । यसरी, एनएसडब्ल्यू, ब्रिसबेन, भिक्टोरिया, तास्मानिया र पर्थ लगायत न्युजिल्यान्डका धेरै सहरमा शोहरू राखिएका छन् ।
मध्यपूर्वमा पनि चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको छ । टिकटहरू खुला भएको केही घण्टाभित्रै बुक भएका छन्, जसले दर्शकहरूको उत्साहलाई दर्शाउँछ ।
अमेरिकामा टेक्सासको डलास, ह्यूस्टन, अस्टिन, वाको; ओहायोको कोलम्बस, सिन्सिनाटी, क्लीभल्याण्ड; बोस्टन, न्यू ह्याम्पशायर, कनेक्टिकट, पेन्सिलभेनिया, केन्टकी, नेब्रास्का, आयोवा, शिकागो; क्यालिफोर्नियाको बे एरिया र लस एन्जलस, सियाटल, ओरेगन; डेनभर, फिनिक्स लगायतका प्रमुख सहरमा शोहरू हुनेछन् ।
यूकेमा विभिन्न शहरका सिनेवर्ल्ड हलहरूमा प्रदर्शन हुनेछ। यी देशका धेरै सहरमा उच्च शोसहित चलसचित्र चल्ने निर्माणपक्षले जनाएको छ । यी देशका दर्जनौं हलमा यो सिनेमा प्रदर्शन हुनेछ ।
मंगलबार जापानदेखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन सुरु गरेको यसले जापानको टोकियोमा हाउसफुल शोबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गर्न सफल भएको थियो । यस हिसाबले चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ले नेपालमा प्राप्त गरेको अपार सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा पनि दोहोर्याइरहेको छ । नेपाली डायस्पोराले विश्वव्यापी रूपमा दिएको समर्थनले चलचित्रलाई झनै सशक्त बनाएको छ ।
“नेपालीको बसोबास रहेका ठाउँमा नेपाली चलचित्रको माग बढ्दो छ । पूर्ण बहादुरको सारङ्गी नेपालमा पनि राम्रो चलिरहेकाले विदेशमा पनि चल्छ भन्ने हाम्रो विश्वास छ,” निर्माता प्याट्रिक सुवेदी भन्छन्, “दुई तीन घण्टा ड्राइभ गरेर नेपालीहरू नेपाली चलचित्र हेर्न आउनुहुन्छ । यसमा पनि त्यो क्रेज देखिनेछ ।”
सरोज पौडेल निर्देशित यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।
यो सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार