
लन्डन । जी-१० का सदस्यहरुले नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडीलाई भेटेका छन् ।
६ नोभेम्बर २०२४ मा लन्डनस्थित दूतावास पुगेर जी १० का सदस्यहरुले भेटेका हुन् । उक्त अवसरमा परिचयात्मक कार्यक्रमका साथै गोर्खा वार्ताको सम्बन्धमा विशेष कुराकानी भएको भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरेर ३५ बुँदाबारे नेपाल सरकारले मान्यता दिएकोले त्यसअनुसार आफूहरु अघि बढ्न पर्छ भन्ने कुरामा उपनियोग प्रमुख दुवाडीले अध्ययन गरेर सल्लाह गर्दै जाने बताएका छन् ।
उपनियोग प्रमुख दुवाडीले आफ्नो काम अरु धेरै भए पनि प्रमुख काम गोर्खाहरुको समस्या हल गराउनुमै भूमिका रहने बताएको सभापति राईले जानकारी गराउनुभयो ।
यस्तै दुवाडीले जी-१० को बैठक समेत आह्वान गर्ने बताउनुभएको छ । ‘म गोर्खामा जन्मेको हुँदा मैले गोर्खाहरुको समस्याबारे बुझेको छु र आउने दिनमा जी-१० का बैठक राख्ने छु । सबैको उद्देश्य एउटै भएकोले आउने बैठकमा सबै आउँछन् भन्ने आशा गरेको छु,’ दुवाडीलाई उद्धृत गर्दै सभापति राईले भन्नुभयो ।
दुवाडीसँगको भेटका लागि नेपाल सरकारले गोर्खाहरुको तर्फबाट नियुक्ति गरेको वार्ता प्रतिनिधि धर्मबहादुर तामाड, बीजीडब्लूएसका अध्यक्ष मे. टिकेन्द्र दल देवान जेपी, गेसो सभापति कृष्णकुमार राई, अनशनकर्ताहरु धनबहादुर गरुङ, पुष्प राणा घले लन्डन दूतावास पुग्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा