
लन्डन । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएको छ ।
डेमोक्रेटिककी उम्मेवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा मंगलबार निर्वाचित हुनुभएको हो । समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो ।
अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २ सय ७९ इलेक्टोरल कलेज भोट मिलेको छ । ह्यारिसले २ सय १९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल हुनुभयो । उहाँ जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति हुनुहुन्थ्यो ।
ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकाल्नुभएको छ । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् ।
अमेरिकामा कूल ५ सय ३८ इलेक्टोरल कलेज भोट छन् । सिनेटमा १०० र हाउस अफ रिप्रिजेन्टेटिभका ४ सय ३८ मध्ये बहुमतका लागि २ सय ७० मत आवश्यक हुन्छ ।
तीन स्विङ स्टेट नेभाडा, मिशिगन र एरिजोनाको मतपरिणाम भने कमला ह्यारिसको पक्षमा गएको छ । ट्रम्पले आगामी २० जनवरी २०२५ देखि पदभार सम्हाल्नुहुनेछ ।
यसैबीच, नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएलगत्तै सामाजिक सन्जाल एक्समार्फत राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिनुभएको हो ।
राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । ‘अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि तपाईंलाई सफलताको शुभकामना । तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु,’ उहाँले एक्समा लेख्नुभएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै