
लन्डन । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) दुई साताभन्दा बढी बेलायत भ्रमण सकाएर नेपाल फिर्ता हुनुभएको छ ।
परिवारसहित बेलायत आउनुभएका राई शनिबार २ नोभेम्बर २०२४ लन्डनस्थित हिथ्रो विमानस्थलबाट स्वदेश फर्कनु भएको हो । उहाँको बिदाईमा बेलायतका विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, आफन्त, शुभचिन्तकहरु हिथ्रो विमानस्थल पुगेका थिए ।
नेपाल प्रस्थान गर्नुअघि मेयर साम्पाङले बेलायत भ्रमण अविष्मरणीय र सफल भएको प्रतिक्रिया जनाउनुभएको छ । उहाँले बेलायतमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । धरानको चिन्डेडाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाका लागि सहयोग संकलनका लागि आउनुभएका साम्पाङले ५ करोड २८ लाख ३८ हजार ७७४ रुपैयाँ सहयोग प्रतिबद्धता आएको जनाकारी गराउनुभएको छ ।

भ्रमणका क्रममा मेयर साम्पाङले ऐतिहासिक चाथाम डकयार्ड र लन्डनको संसद् भवनको भ्रमण गर्नुभयो । चाथाम र आयल्सफोर्डका सांसद ट्रिस्टान ओस्बोर्न, जीलिङ्घाम र रेनहामका सांसद नौसभा खान र स्वकीय सचिवले संसद् भवनको विशेष अवलोकन गराउनुभयो । यस अवसरमा भूतपूर्व गोर्खा सैनिकहरू भबिन राई, ताईकाजी गुरुङ र भूमिराज राईसहित, मेयर साम्पाङ र सांसद ट्रिस्टान ओस्बोर्नले संसद् परिसरमा रहेको मेमोरियल गार्डेनमा अमर सहिदहरुको सम्मानमा क्रस गाडेर पप्पीफूल अर्पण गर्नुभयो ।
चाथाम डकयार्ड र संसद् भवनको भ्रमणको व्यवस्थापन नेपाली मूलकी पहिलो महिला मेयर काउन्सिलर निना गुरुङले गर्नुभएको थियो । केन्ट काउन्सिल, फोल्कस्टोन र हाइथका मेयरहरूसँग भेटघाट गर्नुका साथै केन्ट काउन्टी काउन्सिलका प्रेसिडेन्टसँग छलफल गर्नुभयो । उहाँले प्राइमरी स्कूलको भ्रमण गर्दै त्यहाँको शिक्षा प्रणालीबारे जानकारी लिनुभयो । पारिवारिक समयका क्रममा विन्ड्सर क्यासल र लन्डन घुम्नुभएको थियो ।

नेपाल रनको १० के रनमा प्रमुख अतिथि बन्नुका साथै उहाँले विभिन्न गोर्खाली पल्टनहरू, ऐतिहासिक चाथाम डकयार्ड, संसद् भवन, स्टोनहेन्ज र गोर्खा वेलफेयर ट्रस्टको पनि अवलोकन भ्रमण गर्नुभयो । उहाँको भ्रमणको व्यवस्थापन धरान समाज यूकेले गरेको हो।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने