
लन्डन । बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी बदेनोच चयन हुनुभएको छ।
गत जुलाईमा भएको आम निर्वाचनमा कन्जरभेटिभको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार बदेनोच निर्वाचित हुनुभएको हो । जात, लिङ्ग र एलजिबिटी अधिकारको इन्कारजस्ता सामाजिक असमानताहरूको व्यापक जागरूकतालाई सन्दर्भित गर्न सन् २०१० पछि ‘एन्टी वोक’ अभियानको प्रयोग गरिन थालिएको थियो।
पूर्व अध्यागमनमन्त्री रोबर्ट जेनरिकसँगको प्रतिस्पर्धामा ४४ वर्षीय बदेनोचले ५७ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । पार्टी नेता निर्वाचित भएपछि उहाँले भन्नुभयो, “पार्टीको नेता बन्नु ठूलो सम्मानको कुरा हो, तर हाम्रो अगाडि उभिएको काम कठिन छ।”
“हामीले गल्ती गरेको तथ्यप्रति हामी इमानदार हुनुपर्छ र मानकहरू थप खस्किने अवस्थामा देखिएका छन्,” उहाँले भन्नुभयो,’ “यो व्यवसायमा जाने समय हो, नवीकरण गर्ने समय हो ।’
१४ वर्ष सत्तामा रहेर गत जुलाईमा सत्ताबाट हटेको विभाजित र कमजोर पार्टीलाई पुनः एकताबद्ध गर्ने चुनौतीपूर्ण कार्य अहिले जुझारु पूर्वमन्त्रीसमक्ष आएको छ ।
नाइजेरियाली आमाबाबुको कोखबाट लन्डनमा जन्मिएकी र लागोसमा हुर्केकी बदेनोचले आफ्नो पार्टी लैङ्गिक पहिचानजस्ता सामाजिक मुद्दाहरूमा उदार बन्दै गएको आरोप लगाउँदै रूढिवादी मूल्यमान्यतामा फर्कन आह्वान गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा