
लन्डन । असिनासहितको मुसलधारे वर्षाका कारण दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २ सय नाघेको छ । कैयौं बेपत्ता भएका छन् ।
मंगलबारको भीषण वर्षापछिको बाढीबाट ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने स्थानीय अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत मंगलबार भ्यालेन्सिया नजिकैको चिभा सहरमा वर्षभरिमा पर्ने पानी आठ घण्टामै परेको थियो । बाढीबाट सडक, रेल मार्ग र पुल भत्किएका छन् । कैयौं फराकिला क्षेत्र जलाम्य भएका छन् । सडकहरूमा बाढीले बगाएर ल्याएका सवारीसाधनको थुप्रो छन् ।
केही भिडियोमा बगिरहेका मानिसलाई रूखले जोगाएको देखिन्छ । भारी वर्षा र असिनाले देशका अधिकांश भूभाग प्रभावित भएको छ । उडानका साथै यातायात सेवा अवरुद्ध छ । स्थानीय सञ्चारमाध्यमले बेलेरिक टापुमा पनि व्यापक क्षति र मानिस हताहत भएको उल्लेख गरेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन