मोना युथ क्लब अध्यक्षमा तारा

लन्डन । मोना युकेको अध्यक्षमा पदम सुन्दर गर्बुजा सर्वसम्मतले चयन हुनु भएको छ ।
बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेन्टमा शनिबार २६ अक्टुबर २०२४ भएको ८ औं अधिवेशनबाट पदमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल पुन, उपाध्यक्षमा विष्णु भण्डारी, महिला उपाध्यक्षमा गंगा रोका निर्वाचित हुनुभएको छ ।
महासचिवमा मन्दिप जुग्जाली, सचिवमा रवीन्द्र रोका, कोषाध्यक्षमा मनोज पुन, सहकोषाध्यक्षमा नारायण पुन निर्वाचित भएको निर्वाचन समितिका बेल बुढाथोकीले जानकारी दिनुभयो ।
खेलकुद सचिवमा टेक बुढाथोकी, सांस्कृतिक सचिवमा नुनु पिज्जा निर्वाचित हुनुभएको छ । यस्तै मोना युथ क्लबको अध्यक्षमा तारा गर्बुजा, उपाध्यक्षहरुमा क्रमश: अर्जुन पुन र रबिन पुन निर्वाचित हुनुभएको छ भने सचिवमा नेत्रमान गर्बुजा र कोषाध्यक्षमा धन पुन (धौलागिरि) निर्वाचित हुनुभयो ।
सदस्यहरुमा मदन राना, त्रिप्रसाद पुन, गोपाल छन्त्याल, धन पुन (चिम्खोला), शिला थापा, उदिमा बुढा, मिन पुर्जा, मिना बुढाथोकी, तक्लाल पुन, मनमाया पुन र गुनदेव पुन चयन हुनुभएको छ ।
यसैगरी धौलागिरि गाउँपालिकाको सचिवमा नन्द रोका, अन्नपूर्ण गाउँपालिकाको सचिवमा तुलचन्द्र तिलिजा, गाउँपालिकाको सचिवमा खिम पुन, रघुगंगा गाउँपालिकाको सचिवमा अनिल मल्ल निर्वाचित हुनुभयो । मंगला गाउँपालिकाको सचिव र बेनी नगरपालिकाको सचिवको पद भने खाली राखिएको छ ।
अधिवेशनको दोस्रो चरणमा मोना युकेका विभागहरु युथ क्लब, सांस्कृतिक विभाग, सदस्यता विभाग, अडिट प्रतिवेदन, प्रोपर्टी विभाग र विभिन्न गाउँपालिकाका प्रतिनिधिहरु र बेनी नगरपालिकाका प्रतिनिधिले आ-आफ्ना प्रतिवेदन प्रस्तुत गरे ।
मोना युकेको प्रतिवेदन महासचिव बिष्णु भण्डारीले र कोषाध्यक्ष राम तिलिजाले आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरु छलफलपछि सर्वसम्मतबाट पारित गरिएको थियो ।
अधिवेशनका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष दलमान पुन र पूर्वअध्यक्ष उमेश रानाले अधिवेशनको लागि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तव्य दिनुभएको थियो ।
विधान समितिका प्रमुख तथा पूर्वअध्यक्ष उमेश राना, पूर्वअध्यक्ष दल जुक्जाली र सल्लाहकार अर्जुन तिलिजाले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावलाई पनि छलफलपछि सर्वसम्मत् पारित गरिएको थियो ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु