
लन्डन । नेपाल रन यूकेको आयोजनामा बेलायतमा आइतबार २७ अक्टोबर २०२४ मा दौड हुँदै छ ।
नेपाली समुदायले गर्ने सबैभन्दा प्रख्यात दौड ‘नर्थहोल्ट टेन के रन’को नामबाट हुन लागेको हो । २३ अक्टोबरसम्म नाम दर्ताका लागि दिइएको समयावधिमा ३ सय ३२ जनाले फार्म भरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार नर्थला पार्क, नर्थहोल्टमा आउँदो २७ अक्टोबर आइतबार बिहान १० बजे दौड सुरु हुनेछ ।
सोही दिन ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ गर्ने तयारी छ ।
उक्त दौडमा नेपालका तर्फबाट चारपटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पनि सहभागी हुनुहुनेछ । उहाँहरु दुवैजना बेलायत आइसक्नुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा