
भूमिराज राई
मेडवे केन्ट, युके । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई सहभागी दुई कार्यक्रमबाट झन्डै १ करोड रुपैयाँ सहयोग संकलन भएको छ ।
फोल्कस्टोनस्थित लेमन लिफ रेस्टुरेन्टमा १८ तारिख साँझ र ग्राण्ड बर्स्टिन होटेलमा १९ तारिखको कार्यक्रमबाट एक करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको आयोजकले जनाएका छन् । आयोजक धरान समाज युकेका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भास्कर राईले भेटघाट तथा च्यारिटी रात्रिभोजमा ४० लाख रुपैयाँभन्दा बढी संकलन भएको जानकारी दिएका हुन् ।
धरानलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित अगाडि बढेका साम्पाङले दुई ठूला परियोजनाहरू- कोशी नदीको पानी तानेर धरानमा खानेपानीको दिगो व्यवस्थापन गर्ने जुन कार्य नेपाल सरकारले गर्ने गरी र चिण्डेडाँडामा सुम्निमा पारुहाङको प्रतिमा पार्क निर्माण अघि बढाएका छन् । सुम्निमा पारुहाङको प्रतिमा पार्क निर्माण परियोजना श्रमदान र आर्थिक सहयोगबाट सम्पन्न गर्ने लक्ष्यका साथ मेयर साम्पाङ अहिले युकेमा सहयोग संकलन र भेटघाटको अभियानमा छन्।
फोल्कस्टोनको ग्राण्ड बर्स्टिन होटलमा धरान समाज युकेद्वारा आयोजित भेटघाट कार्यक्रममा सयौं धराने र अन्य नेपालीहरूले सहभागिता जनाए । कार्यक्रममा सुम्निमा पारुहाङको प्रतिमा पार्क निर्माण चाँडै सम्पन्न होस् भन्ने शुभकामना दिँदै आर्थिक सहयोग पनि संकलन गरिएको थियो ।
युकेका संघसंस्थाहरु एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, किरात राई यायोक्खा युकेका अध्यक्ष भुपजित राई, वरिष्ठ उपाध्यक्ष सुमनचन्द्र राई, मगर संघ अध्यक्ष, याक्थुङ चुम्लुङ युके, फोल्कस्टोन नेपाली समाजका अध्यक्ष, युकेमा नेपाली मुलकी पहिलो मेयर, मेड्वे काउन्सिलका तर्फबाट क्याबिनेट मेम्बर काउन्सिलर निना गुरुङ, दोस्रो शाही गोर्खा राइफल्स (गोर्खा पल्टन) का गोर्खा मेजर, मेजर डिल्लीकुमार राई एमभीओ, सेनाका अधिकृत र सकल दर्जाका दाजुभाइ, दिदीहिनीहरु, गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङ, मिडिया, बीएफबीएस गोर्खा रेडियो युकेका प्रतिनिधिलगायत धेरै संघ संस्थाका अध्यक्ष प्रतिनिधि र गन्यमान्य व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
रात्रिभोजका लागि मेयर साम्पाङलाई बाग पाइपरको संगीतले स्वागत गरिएको थियो । मेयरले आफू पहिलो पटक यस्तो भव्य र औपचारिक कार्यक्रममा सरिक भएको अनुभव बाँड्दै सबैलाई धन्यवाद दिए ।
मेयरको सम्मानमा धरान समाजका अग्रज अभिभावक पदमबहादुर राई बीईएमले कार्यक्रमको सुरुआती संचालन गर्नुभएको थियो । बाँकी कार्यक्रमको संचालन धरान समाज युकेका महासचिव डा. महा राईले सम्हाल्नुभएको थियो ।
सांस्कृतिक प्रस्तुति, वृत्तचित्र प्रदर्शन र मेयरको आमाको भिडियो सन्देश प्रसारण गरिएको कार्यक्रममा भावनात्मक क्षण पनि देखियो । मेयरले आफ्ना दाजुलाई सम्मान गर्दै स्टेजमा बोलाएर खादा लगाइदिएर ढोगेपछि बाबुको निधनपछि बाबु समान दाजुको छत्रछायाँले सधैं सहयोग मिलेको बताउँदै गर्दा उपस्थित व्यक्तिहरू भावुक बनेका थिए ।
मेयर साम्पाङ नोभेम्बर २ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद