
लन्डन । विभिन्न कार्यक्रमसहित तमु धीं युकेको ‘आजीवन सदस्य रात्रिभोज कार्यक्रम’ सम्पन्न भएको छ । शनिबार १९ अक्टोबर २०२४ (२०८१ कात्तिक ३ गते) अल्डरसटस्थित एम्पायर हलमा आदर्श तमु, तमुस्यो अवार्ड वितरण, नयाँ आजीवन सदस्यलाई स्वागत, बेस्ट गुरुङ ड्रेस अवार्ड (महिला र पुरुष) लगायत कार्यक्रम गरी उक्त रात्रिभोज सम्पन्न भएको हो ।
प्रमुख अतिथि विपिन दुवाडी, अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष एवं एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर योज तमु, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जुमकाजी गुरुङलगायतले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

खुसीमान गुरुङ, क्या प्रेमबहादुर गुरुङ, सूर्य गुरुङ, हिरा गुरुङलाई आदर्श तमु अवार्ड र ध्रुवा गुरुङलाई आदर्श तमुस्यो प्रदान गरिएको थियो ।
अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको लाइफ मेम्बर डिनर नाइटमा कार्यक्रममा स्वागत मन्तव्य तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जुमकाजी गुरुङले दिनुभएको थियो । कार्यक्रम सञ्चालन कार्यवाहक महासचिव डा. विशाल गुरुङले गर्नुएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले मन्तव्य राख्नुभएको थियो । राफल ड्रमा प्रथम पुरस्कार न्यू लक्ष्मी ज्वेलर्स अल्डरसटले प्रायोजन गरेको थियो । उक्त पुरस्कार नेपालबाट आएका गायक राजन गुरुङकी श्रीमतीले प्राप्त गर्नुभयो ।
कार्यक्रममा विविशा गुरुङले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो भने नेपालबाट आएका चर्चित कलाकारहरु राजन गुरुङ, रेजिना परियारले लोकप्रिय गीतहरु गाउनुभएको थियो । साथै तमु धींबारे डकुमेन्ट्री देखाइएको थियो । सांस्कृतिक कार्यक्रम सचिव विमल गुरुङले सञ्चालन गर्नुभएको थियो ।

अन्त्यमा अध्यक्ष हरि गुरुङले कार्यक्रम सफल पारिदिएकोमा उपस्थित अतिथिहरु र सहभागी तथा कार्यसमितिलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद