
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बेलायत भ्रमणमा रहेका धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ राईलाई स्वागत तथा सम्मान गरेको छ ।
बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा आइतबार २० अक्टोबर २०२४ मा एक समारोहबीच बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायतले मेयर साम्पाङलाई खादा लगाई स्वागत तथा सम्मान गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष हर्कबहादुरले बीसीसी युकेको स्थापना, यसले भक्तजनहरुलाई दिँदै आएको विभिन्न सेवाको जानकारी गराउनुभयो । सो अवसरमा अध्यक्ष गुरुङले मेयर साम्पाङले संचालन गर्दै आउनुभएका विभिन्न प्रोजेक्टका लागि एक लाख रुपैयाँ सहयोग प्रदान गर्नुभयो ।
स्वागत कार्यक्रममा मेयर साम्पाङले दीप प्रज्ज्वलन गर्दै पवित्र ठाउँमा गर्न पाएको महत्वपूर्ण भेटघाट र पाएको समय तथा सम्मानका लागि बीसीसी युकेलाई धन्यवाद दिनुभयो । उहाँले बुद्धको शिक्षालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको बीसीसी युकेले जनाएको छ ।

बीसीसीले गत ३ दिनदेखि संचालन गर्दै फोवा अभ्यासका भक्तजनहरुको समेत उपस्थिति रहेको कार्यक्रममा शेछेन गुम्बाका दोर्जीन लुङ्गरिक रिन्पोछे, बीसीसी गुम्बाका प्रमुख लामा खेन्पो शेनाङ तामाङ, लोपेन दावा, लोपेन नोर्बु, लामा हर्कजंग, लामा प्रदीपलगायत धर्म गुरुहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्वअध्यक्षहरु लेप्टन नारायणप्रसाद गुरुङ एमबीई, नरेश गुरुङ, धर्म तामाङ, बीसीसी युके लण्डन शाखा प्रमुख गोपाल तामाङ, पूर्वआमा प्रमुखहरु पुष्प गुरुङ, उर्मिला गुरुङलगायत आमा, सल्लाहकार तथा पदाधिकारीहरुको उपस्थिति थियो ।
अध्यक्ष हर्कबहादुरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले संचालन गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद