
लन्डन । तमु धीं यूके नेपालका बाढीपहिरो र डुबानपीडितका लागि राहत संकलनमा जुटेको छ ।
१० हजार पाउन्ड अर्थात् साढे १७ लाख राहत उठाउने लक्ष्यसहित सामाजिक संस्था तमु धीं यूकेले शुक्रबार देखि सहयोग अभियान थालेको छ । उसले justgiving.com अनलाइनबाट सहयोग उठाइरहेको छ । त्यसमा असहज भए संस्थाको खातामार्फत सहयोग गर्न सक्ने पनि सूचनामा जनाइएको छ ।
अभियानको प्रथम चरणमा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ र आमा समूह अध्यक्ष सन्ध्या गुरुङले १ सय १ पाउन्ड, यशोदा गुरुङ, मञ्जु गुरुङ राई, मिन प्रसाद गुरुङ, भीम महेन्द्र गुरुङले २५/२५ पाउन्ड सहयोग गरेका छन् ।
‘हाम्रो देश दुख्दा सधैँ रुने तमु धीं यूकेका परोपकारी तमुहरू फेरि रोएका छन् । हामीलाई चौतर्फी रूपमा आह्वान आएकोले राहतमा हाम फालेका छौं,’ तमु धीं यूकेले भनेको छ, ‘कृपया स्वेच्छाले धेरै थोरै सहयोग गरौँ, केही भए पनि दुखेका मनहरूमा मल्हम लगाऊँ ।’
नेपालमा यही असोज ११ र १२ गते अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा