
लन्डन । तमु धीं यूके नेपालका बाढीपहिरो र डुबानपीडितका लागि राहत संकलनमा जुटेको छ ।
१० हजार पाउन्ड अर्थात् साढे १७ लाख राहत उठाउने लक्ष्यसहित सामाजिक संस्था तमु धीं यूकेले शुक्रबार देखि सहयोग अभियान थालेको छ । उसले justgiving.com अनलाइनबाट सहयोग उठाइरहेको छ । त्यसमा असहज भए संस्थाको खातामार्फत सहयोग गर्न सक्ने पनि सूचनामा जनाइएको छ ।
अभियानको प्रथम चरणमा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ र आमा समूह अध्यक्ष सन्ध्या गुरुङले १ सय १ पाउन्ड, यशोदा गुरुङ, मञ्जु गुरुङ राई, मिन प्रसाद गुरुङ, भीम महेन्द्र गुरुङले २५/२५ पाउन्ड सहयोग गरेका छन् ।
‘हाम्रो देश दुख्दा सधैँ रुने तमु धीं यूकेका परोपकारी तमुहरू फेरि रोएका छन् । हामीलाई चौतर्फी रूपमा आह्वान आएकोले राहतमा हाम फालेका छौं,’ तमु धीं यूकेले भनेको छ, ‘कृपया स्वेच्छाले धेरै थोरै सहयोग गरौँ, केही भए पनि दुखेका मनहरूमा मल्हम लगाऊँ ।’
नेपालमा यही असोज ११ र १२ गते अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा