बेलायत । आसफोर्ड, केन्टको सेन्ट साइमन चर्च गत शनिबार हाक्पारे, पालाम, साम्लो र च्याब्रुङको धुनले गुन्जायमान थियो ।
लिम्बू मौलिक पहिरन र गरगहनामा सजिएका याक्थुङ महिला र पुरषहरु आफ्नो परम्परागत धान नाच्न र पालाम गाउनमा मस्त देखिन्थे । यो दृश्य देख्दा पूर्वी नेपालको पहाडी भेगमा लाग्ने पुसेमेला, त्रिशलीमेला वा मदन मेलाको झल्को दिन्थ्यो । सेवारो कलाकार संघ यूकेले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बेलायतमा बस्ने लिम्बूहरुले यो अवसर प्राप्त गरेका हुन् ।

बेलायत भ्रमणमा रहनुभएका नेपालका ख्यातिप्राप्त पालाम, हाक्पारे गायक तथा मोडल जीवन केदेमको सम्मानमा आयोजित उक्त सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले समेत भाग लिएका थिए ।
भक्ति आङदेम्बे, दिलु मादेन, माक्सोती ओख्राबो, राजेन नेम्बाङ, भगवती थलङ, हेम लिम्बू, गंगा लिम्बू लगायतका कलाकारहरुले च्याब्रुङ नाच, धान नाच, हाक्पारे थक थाक्मा केलाङ, ताम्के साम्लो गाउनुभएको थियो भने कलाकार भक्ति आङ्देम्बेको अगुवाईमा याक्थुङ समुदायमा लोपोन्मुख लाङ्वा उङ्वा र तुरुप्पे नाचहरु प्रस्तुत गरिएको थियो ।
साँस्कृतिक कार्यक्रमलाई सानु सुब्बाले विशुद्ध लिम्बू भाषामा आकर्षक रुपमा सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा सगरमाथा नेप्लीज कम्युनिटी, आसफोर्ड यूकेका अध्यक्ष डम्बर सिङ्गक उपस्थित हुनुहुन्थ्यो ।
उहाँले कार्यक्रममा बोल्दै सेवारो कलाकार संघले लिम्बू कला र संस्कृतिको लागि गरेको योगदानको कदर गर्दै अझै राम्रो कार्यक्रमहरु आयोजना गर्न शुभकामना दिनुभएको थियो । अध्यक्ष दुर्गा पाङ्माको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार जीवन केदेमलाई प्रशंसापत्र तथा गलबन्दी ओढाएर सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछि बोल्दै केदेमले हरेक कलाकारको रुट भनेको उसको संस्कार, संस्कृति र कला हो, याक्थुङहरु प्रकृतिपुजक भएकोले धर्तीआमालाई खुशी बनाउन सकेनौं भने आफ्नो पहिचान मेटिँदै जान्छ भन्नुहुँदै विदेशमा पनि आफ्नो पहिचानलाई जोगाउने महत्वपूर्ण योगदानको लागि सेवारो कलाकार संघ यूकेलाई धन्यवाद दिनुभयो ।
उहाँले आयोजक, अतिथि र उपस्थित सबैलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्नुभयो । सोही कार्यक्रममा किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा र थामेन्दिङमा चुम्लुङ यूकेले पनि केदेमलाई आर्थिक उपहार दिँदै सम्मान गरेका थिए ।
संस्थापक अध्यक्ष काजीमान यक्सोले कार्यक्रमलाई सम्बोधन गर्दै सेवारो कलाकार संघ स्थापनाको उद्देश्य तथा यसले गरेको कार्यहरुको बारेमा चर्चा गर्नुभएको थियो । संघका महासचिव जय मादेम्बाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विमला लिम्बूले दिनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष दुर्गा पाङ्माले नेपाल पत्रकार महासंघ यूकेकी नवनिर्वाचित अध्यक्ष विमला सेनेलाई सिलाम साक्मा लगाएर बधाई तथा सम्मान गर्नुभएको थियो भने किरात याक्थुङ चुम्लुङ यूके केन्द्रीय कार्यसमितिमा चयन हुनुभएका उपाध्यक्ष सानु सुब्बा र सहसचिव शकुन्तला नेम्बाङलाई पनि सिलाम साक्मा लगाइदिएर बधाई तथा कार्यसफलताको कामना गरिएको थियो ।
साथै नयाँ सदस्यता प्राप्त गर्ने कलाकारहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष छत्र वनेम, थामेन्दिङ चुम्लुङका अध्यक्ष मनमाया नेम्बाङ, नेपाली कलाकार प्रस्तोता समाजका महासचिव गंगाराज राई, केवाईसी यूके आसफोर्ड शाखा अध्यक्ष सुन्दर लिङ्थेपलगायत बेलायतमा रहेका लिम्बूहरुको बाक्लो उपस्थिति थियो ।
२०१२ मा स्थापना भएको सेवारो कलाकार संघले बेलायतमा रहेका लिम्बू कलाकारहरुलाई संगठित गरी याक्थुङ, भाषा, कला, संस्कृतिको जर्गेना र पुस्ता हस्तान्तरणमा योगदान गरिरहेको छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने