
लन्डन । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायत दृढ रहेको प्रतिबद्धता जनाउनुभएको छ ।
इरानले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्नुहुँदै प्रधानमन्त्री स्टार्मरले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको कुराकानीमा स्टारमरले ‘इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायतको दृढ प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् । तेहरानले लेबनानमा हिजबुल्लाह विरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै आक्रमण इरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिक्रिया स्वरुप भएको जनाएको छ ।
मिसाइलको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’ को निन्दा गर्नुभएको छ । यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई “इरानी आक्रमण विरुद्ध इजरायली रक्षामा सहयोग गरी इजरायललाई लक्षित मिसाइलहरू नष्ट गर्नसमेत आदेश दिनुभएको छ ।
यस्तै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, विदेशमन्त्री जोस म्यानुएल अल्बेरेस, जर्मनी विदेशमन्त्री एनालेना बारबक, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन, जापानका नयाँ प्रधानमन्त्री सिगेरु इसिबालगायतले इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको विरोध जनाउनुभएको छ ।
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी