
लन्डन । ग्रीनवीच गोर्खा एक्स सर्भिस्मेन एसोसिएसन (जिगेसा) ले बेलायतमा आयोजना गरेको दशैं-तिहार शुभकामना पार्टी सम्पन्न भएको छ ।
२९ सेप्टेम्बर २०२४ मा विभिन्न सांगीतिक कार्यक्रमसहित जिगेसाले दशैं तिहार पार्टी सम्पन्न गरेको हो । अध्यक्ष हरिकुमार मल्लको अध्यक्षता र पूर्वमेयर विष्णुबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साउथ इस्ट रिजनल तमु धीं लन्डनका अध्यक्ष प्रेमकुमार लामा, डाइमण्ड बुद्धिस्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरुङ, समाजसेवी मोहन गुरुङ, नेवार समाज युकेका अध्यक्ष माधव श्रेष्ठ, राजेन्द्र खस, सुलोभ श्रेष्ठ, डा. हरिश कुमार अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम सञ्चालन महासचिव गमबहादुर गुरुङ, स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष खुमबहादुर गुरुङ, हेल्थ एन्ड सेफ्टीबारे जानकारी उपाध्यक्ष विष्णुमाया गुरुङले दिनुभएको थियो । कार्यक्रममा भाषणभन्दा पनि नाचगान, नाटकमा भरपुर रमाइलो गराइएको थियो । नेपालबाट आएका राष्ट्रिय कलाकार राजन गुरुङ, मेरी बास्सैका होनाहार कलाकार रजिना अधिकारी र स्थानीय कलाकारहरुले राखेको प्रस्तुतिले दर्शकको मन जितेको थियो ।
अन्तमा अध्यक्ष मल्लले एकतामा जोड दिनुहुँदै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैप्रति धन्यवाद र आभार ज्ञापन गर्नुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा